Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
मर्स्याङ्दी गाउपालिकाको आ.व . २०८३/८४ को नीति तथा कार्यक्रम आज प्रस्तुत। – Sarangi News

मर्स्याङ्दी(लमजुङ); मर्स्याङ्दी गाउपालिकाले २१ औं गाउसभाको बिशेष समारोह बिच आर्थिक बर्ष २०८३/८४ को नीति तथा कार्यक्रम गाउपालिकाको अध्यक्ष अर्जुनको गुरुङको सभाध्यक्ष्यतामा सम्पन्न गरेको थियो।

उक्त समारोह मार्फत चालू खर्च तर्फ ९ करोड २ लाख ५० हजार, पुँजिगत खर्च तर्फ २३ करोड ५७ लाख ८२ हजार रुपैयाँ। सशर्त तर्फ २६ करोड ३३ लाख, प्रदेश र स्थानिय तह क्षमता बिकास कार्यक्रम तर्फ ४ लाख २६ हजार ५ सय रुपैया, समपुरक कोष तर्फ ५ करोड ८० लाख, संघ सरकार बिशेष अनुदान तर्फ १ करोड ९ लाख ९२ हजार, प्रदेश सरकार विशेष अनुदान बापत रु ४० गरि जम्मा ६८ करोड ७३ लाख १८ हजार ५ सय रुपैयाको अनुमानित खर्च सभाध्यक्ष गुरुङले प्रस्तुत गर्नु हुँदै खर्च तथा बिनियोजित बजेटबाट यस बर्ष खेलाडीलाई  प्रोत्साहन बजेट बताउदै मुख्य अंशहरु देहाय बमोजिम  पेश गर्नु भएको थियो:-

 #कुल बजेट रु ६८ करोड ७३ लाख १८ हजार ५ सय:-
. “जलविद्युतको आम्दानी, उज्यालो मस्र्याङ्दीमा लगानी” कार्यक्रम अन्तर्गतको ५० युनिट सम्मको बिद्युत महसुल निशुल्क बापत रु.५५ लाख विनियोजन ।
. कृषि तथा पशु पंछि विकास कार्यक्रममा १ करोड ८५ लाख विनियोजन ।
. शिक्षामा १ करोड ९४ लाख ५० हजार विनियोजन ।
. मस्र्याङ्दी अस्पताल सञ्चालन तथा स्वास्थ्य कार्यक्रमा रु. १ करोड ५७ लाख ८२ हजार बजेट विनियोजन
. बाल उद्यान तथा खुल्ला व्यायामशाला निर्माणमा रु.५० लाख विनियोजन ।
६. ६० देखि ६९ वर्ष सम्मका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता, जेष्ठ नागरिक सम्मान कार्यक्रममा रु.१९ लाख बजेट विनियोजन ।
. ग वर्गका अपाङ्गगता भएका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन रु १३ लाख विनियोजन ।
. सफा मर्स्याङ्दी गाउँपालिका अभियानलाई निरन्तरता दिँदै फोहोरमैला व्यवस्थापनको लागि रु. १० लाख बजेट विनियोजन ।
. विभिन्न प्राकृतिक प्रकोप, आगलागी तथा मानवीय विपत्ती र महामारी जस्ता विपद् व्यवस्थापनका लागि रु. २० लाख बजेट विनियोजन ।
१०. यूवाहरुको खेलकुद विकास र यूवा सिपमुलक तालिम तथा सचेतनामुलक कार्यक्रमहरुको लागि रु. १७ लाख बजेट विनियोजन ।
११. खेलाडी प्रोत्साहन कार्यक्रर्म रु.५ लाख विनियोजन ।


१२. सङ्घ सरकारस र प्रदेश सरकारसँग समपूरक कोषको लागि रु. ५ करोड ८० लाख बजेट विनियोजन ।
१३. असक्त , असहाय विपन्न कोषमा रु १२ लाख विनियोजन ।
१४. पर्यटन प्रवद्र्धन कार्यक्रमको लागि रु. ९९ लाख विनियोजन ।
१५. विद्युतिय चुलोको प्रयोगमा अनुदान बापत रु.५ लाख विनियोजन ।
१६. मुख्य मुख्य बजार क्षेत्रमा सि सि क्यामेरा जडानको लागि रु. ६ लाख विनियोजन ।
१७. विभिन्न धार्मीक, सांस्कृतिक, साहित्यिक, महोत्सव दिवस गोष्ठिहरु सञ्चालनार्थ रु. १५ लाख विनियोजन ।
१८. पानी घट्ट, ढिकी, जाँतो संरक्षण कार्यक्रमको लागि रु.३ लाख विनियोजन ।
१९. गाउँपालिका, वडा कार्यलयहरुमा मिनि लाईब्रेरी स्थापना गर्न रु.१० लाख विनियोजन ।
२०. अनाथ, विपन्न वालवालिकाहरुको वाल संरक्षण कोष स्थापना गर्न रु.२ लाख ५० हजार विनियोजन
२१. पालिकाको सम्पूर्ण वडाहरुमा अति आवश्यक साना पूर्वाधार निर्माणको लागि झण्डै ५ करोड बजेट विनियोजन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP