Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
कास्की रुपाको बजेट झन्डै साढे ५५ करोड, युवा रोजगार र किसान लक्षीत। – Sarangi News

रुपा(कास्की) कास्कीको रूपा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि झण्डै साढे ५५ करोडको बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष लालसुब्बा गुरुङले गाउँसभामा ५५ करोड ३८ लाख १ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको  हो।

त्यस्तै गरेर गाउँपालिकाले आगामी वर्ष उत्पादन वृद्धि, रोजगारी सिर्जना, सामाजिक विकास र पूर्वाधार निर्माणलाई मुख्य जोड दिएको छ ।कृषि तथा पशुपालनको उत्पादन र आत्मनिर्भरतामा पालिकाले ठुलो बजेट खर्च गर्ने जनाएको छ, जसमा एकीकृत कृषि विकास कार्यक्रमका लागि १ करोड ८० लाख विनियोजन गरिएको छ ।

गाउपालिकाले आगामी वर्ष कृषि तथा पशुपालन स्थानिय उत्पादनमा वृद्धि, युवा रोजगारी सिर्जना, सामाजिक विकास र पूर्वाधार निर्माणलाई मुख्य जोड दिएको छ । पालिकाको पूरा बजेट मध्ये चालुतर्फ ४१ करोड ८२ लाख र पूँजीगतमा १३ करोड ५५ लाख ७१ हजार विनियोजन गरिएको छ ।

सबैजसो बजेट संघ र प्रदेश सरकारको अनुदानमा निर्भर छ । नेपाल सरकारले आगामी वर्ष रुपालाई वित्तीय समानीकरणमा ७ करोड ७८ लाख, राजस्व बाँडफाँटबाट ७ करोड ५९ लाख, सशर्त अनुदान २९ करोड २९ लाख दिनेछ । यस्तै, समपूरक अनुदानमा १ करोड ७५ लाख, विशेष अनुदान ३० लाख दिनेछ ।

कृषि तथा पशुपालन क्षेत्रलाई विशेष प्राथमिकता दिदै पालिकाको आर्थिक बिकासको लागि ४ करोड ४० लाख छुट्याएको छ। कृषि तथा पशुपालनबाट युवालाइ स्वरोजगार, उत्पादनमा जोड कृषि एम्बुलेन्स लगायत मौरी पालन तथा  सामुदायिक बीउ बैक स्थापना ल्याईने योजना उक्त बजेटको मुख्य नीति तथा कार्यक्रममा रहेको छ। कृषि क्षेत्रलाई मात्र २ करोड बजेट रहेको उदाहरणिय र उल्लेख्य भुमिका पालिकाको देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP