रुपाको बजेट साढे ५५ करोड, किसान लक्षीत। – Sarangi News

रुपा(कास्की) कास्कीको रूपा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५५ करोड ३८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
गाउँपालिकाले आगामी वर्ष उत्पादन वृद्धि, रोजगारी सिर्जना, सामाजिक विकास र पूर्वाधार निर्माणलाई मुख्य जोड दिएको छ ।
कृषि तथा पशुपालनको उत्पादन र आत्मनिर्भरतामा पालिकाले ठुलो बजेट खर्च गर्ने जनाएको छ, जसमा एकीकृत कृषि विकास कार्यक्रमका लागि १ करोड ८० लाख विनियोजन गरिएको छ ।
पोखरा । कास्कीको रूपा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि करिब साढे ५५ करोडको बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष लालसुब्बा गुरुङले गाउँसभामा ५५ करोड ३८ लाख १ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

पालिकाले आगामी वर्ष उत्पादन वृद्धि, रोजगारी सिर्जना, सामाजिक विकास र पूर्वाधार निर्माणलाई मुख्य जोड दिएको छ । पालिकाको पूरा बजेटमध्ये चालुतर्फ ४१ करोड ८२ लाख र पूँजीगतमा १३ करोड ५५ लाख ७१ हजार विनियोजन गरिएको छ ।

सबैजसो बजेट माथिल्ला सरकारको अनुदानमा निर्भर छ । नेपाल सरकारले आगामी वर्ष रुपालाई वित्तीय समानीकरणमा ७ करोड ७८ लाख, राजस्व बाँडफाँटबाट ७ करोड ५९ लाख, सशर्त अनुदान २९ करोड २९ लाख दिनेछ । यस्तै, समपूरक अनुदानमा १ करोड ७५ लाख, विशेष अनुदान ३० लाख दिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP