करापुटार(लमजुङ):- लमजुङको मध्यनेपाल नगरपालिका करापुटारमा अवस्थित पशुपतीको दोस्रो रुप मानिने ईशानेश्वर महादेव मन्दिरमा आगामी श्रावण महिनाको सोमबारे पुजा आरधनाको लागि विशेष तयारी गरिएको छ। महाशिवरात्रीको पावन अवसरमा देश तथा बिदेशबाट हजारौको संख्यामा भक्तजनहरु दर्शन गर्न उपस्थित हुने स्थानमा पछिल्ला बर्षहरुमा श्रावण महिनाको सोमबारमा अत्यधिक भक्तजनहरुको उपस्थिति हुन थालेकाले यस बर्षको श्रावण सोमबारको पुजा आरधनाको निम्ति ईशानेश्वर महादेव क्षेत्र बिकास समितिले विशेष तयारी गरेको छ। शिवरात्रीको जस्तै पुजा आरधना, भजन कृतन धार्मिक प्रवचन, दिप प्रज्वलन, प्रसाद बितरण कार्यक्रम, मेला तथा स्थानिय व्यापार छन भने हरेक सोमबार साँझमा महा आराती गरिनेछ। जसका लागी ईशानेश्वर महादेव क्षेत्र बिकास समितिको असार ३० गते मंगलबार बसेको बैठकले विभिन्न उपसमिती तयार गरेको छ।
जस अन्तरगत उपसमितिहरु;-
१) गणेश मन्दिर ब्यबस्थापन उपसमितिमा संयोजक ईश्वरी प्रसाद घिमिरे सदस्यहरु ऋषि राम घिमिरे र, राम बहादुर तामाङ छन।
२) राम लेखन स्तम्भ उपसमिति संयोजकमा बासुदेब घिमिरे
३)जलेश्वर मन्दिर ब्यबस्थापन उपसमिति संयोजक बुद्धि सागर घिमिरे
४)गौरीलुन्ड ब्यबस्थापन उपसमितिमा ऋत राज पोख्रेल
५) भजन कृतन ब्यबस्थापन उप लसमिति संयोजकमा हरिकृष्ण घिमिरे सदस्यहारु कृष्ण प्रसाद घिमिरे, परमेश्वर घिमिरे र दिपक बाबु घिमिरे छन।
६) दान दाता सम्मान उपसमिति संयोजकमा नबराज घिमिरे र सदस्यहरु शिबचन्द्र मन्डल,कृष्ण प्रसाद भन्डारी छन।
७) १०८ धारा ब्यबस्थापन उपसमिति संयोजकमा माधब प्रसाद अधिकारी
८) पार्वती मन्दिर ब्यबस्थापन उपसमिती संयोजकमा सुकदेब बास्तोला
९)महादेव मन्दिर ब्यबस्थापन उपसमिती संयोजक लक्षमण बिक
१०) प्रचार प्रसार उप समिति
संयोजकमा प्रदिप राज घिमिरे र सदस्यहरु सफल देवकोटा र सुरज गुरुङ रहेका छन।
१२) प्रसाद बितरण ब्यबस्थापन उपसमिति संयोजकमा बासुदेब सुनेदी र सदस्यहरु पुष्पराज घिमिरे, चिरञ्जीवी घिमिरे, सुकदेब बास्तोला, रबिचन्द्र घिमिरे, दिपक बाबु घिमिरे, भिम बहादुर भुजेल र ऋषि राम पोख्रेल रहेका छन।
१३) आर्थिक संकलन उपसमिति संयोजकमा सुर्य नाथ घिमिरे रहेका छन।
उक्त गठन गरिएको सम्पु उपसमितिलाई आ आफ्ना जिम्मेवारीका बारेमा जानकारी गराईएको कार्यबिभाजन सहित सम्पुर्ण तयारी भएको ईशानेश्वर महादेव क्षेत्र बिकास समितिका अध्यक्ष गुणराज घिमिमिरेले साराङ्गी न्युजलाई बताउनु भएको थियो।







