Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
पूर्वप्रधानाध्यापक भण्डारीद्वारा वेद-वेदाङ्गका विद्यार्थीलाई शैक्षिक सामग्री – Sarangi News

पोखरा, साउन २ गते । समाजसेवी विजयराज भण्डारी तनहुँको देवघाटस्थित गलेश्वर आश्रमद्वारा सञ्चालित वेद-वेदाङ्ग गुरुकुलका २२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।

नेपाल शिक्षक सङ्घ, कास्कीका पूर्व अध्यक्ष, नेपाल ट्रेड युनियन काङ्ग्रेस, कास्कीका निवर्तमान अध्यक्ष तथा नवप्रभात माध्यमिक विद्यालय, नयाँबजारका पूर्वप्रधानाध्यापकसमेत रहेका भण्डारी हाल जनप्रकाश बहुमुखी क्याम्पस, पोखरा–२९ का अध्यक्ष रहेका छन् । उनले शिक्षाको विकास र समाजसेवामा निरन्तर महत्त्वपूर्ण योगदान दिँदै आएका छन् ।

गलेश्वरमा सम्पन्न कार्यक्रममा शान्ति आधारभूत विद्यालय, पोखरा–३० का प्रधानाध्यापक मनिराम कडेल, पोखरा–३१ का समाजसेवी ध्रुवनाथ अधिकारी, शिक्षक लक्ष्मी तिमिल्सिना, शिक्षक ऋषिराम रानाभाट तथा कलाकार वसन्त रानाभाटलगायतको सहभागिता रहेको थियो । गलेश्वर आश्रम परिवार तथा वेद–वेदाङ्ग विद्यालयले भण्डारीलाई धन्यवाद ज्ञापन गरेको थियो ।

कास्की र तनहुँका विभिन्न विद्यालयमा सहयोग गर्दै आएका भण्डारीले यसअगि पोखरा–१९ चुरुङ्गास्थित धारा आधारभूत विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीहरूलाई विद्यालय पोसाक तथा स्टेशनरी वितरण गरेका थिए । त्यसै गरी उनले लक्ष्मी आदर्श माध्यमिक विद्यालय, पोखरा–२७ मा १ लाख, सिर्जना बहिरा माध्यमिक विद्यालय, पोखरा–२६ मा  १ लाख, रत्नशोभा माध्यमिक विद्यालय, पोखरा–२८ मा १ लाख ५० हजार र शान्ति आधारभूत विद्यालय, पोखरा–३० मा १ लाख रुपियाँको अक्षयकोष स्थापना गरेका थिए ।

यसै वर्ष रूपा गाउँपालिकास्थित माईमैदान आधारभूत विद्यालय, कल्प आधारभूत विद्यालय तथा माछापुच्छ्रे गाउँपालिकाको बाराही आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण गर्नुका साथै पोखरा–३२ स्थित राधाकृष्ण आश्रममा सञ्चालित विद्यालयमा खाद्यान्न तथा स्टेशनरीसमेत सहयोग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP