करापुटार(लमजुङ):- श्रावण महिनाको पहिलो सोमबार इशानेश्वर महादेव मन्दीरमा श्रद्दालु भक्तजनहरुको उलेख्य उपस्थिति रहेको थियो भने श्रद्दालु भक्तजन एवम दानदाताहरुबाट ८० हजार दान संकलन भएको छ। पशुपती नाथको दोस्रो रुप मानिने ईशानेश्वर महादेव मन्दिरमा स्वदेश तथा बिदेशका भक्तजनहरुको उपस्थित रहेको थियो। 
मध्यनेपाल नगरपालिकाका नगरप्रमुख रमेश कुमार पाण्डे समेत मन्दिरमा दर्शन गर्न पुजा आरधाना प्रसाद ग्रहण गर्न एका बिहानै पुगेका थिए भने ईशानेश्वर महादेव मन्दिर धार्मिक क्षेत्रमा नैतिक जिम्मेवारीका साथमा बस्तुगत अवस्था बुझ्नका लागि उपस्थित भएको जिकिर गर्दै यस पवित्र धार्मिक स्थलमा कुनै पनि समस्या हुन नदिन पहिलो प्राथमिकता रहेको पनि बताउनु भएको थियो।

चापाघाट भजन समूह दमौली, करापुटार भजन समूह, बालुन समूह आदिको नाँचगान भजन कृतन सहित श्रद्दालु भक्तजनहरुको बाक्लो उपस्थिति रेहेको थियो। दर्शन गर्न आउने श्रद्दालु भक्तजनहरुको लागि प्रसाद तथा पानी बितरण गरिएको थियो जसको लागि सहयोग गर्ने प्रसाद बितरण दातामा मध्यनेपाल ०७ निवासी हाल दमौली शारदा प्रसाद घिनिरे र श्रीमती सुनित्रा घिमिरेले रु १० हजार रुपैया र पोखरा लामाचौर निवासी आशा गुरुङ र दिपेश पुन हाल हंङकङले रु २५ हजार दिनु भएको थियो। त्यस्तै गरेर श्रावण महिना भरको ४ वटै सोमबारमा मध्यनेपाल नगरपालिका ०६ भोर्लेटार निवासी समाज सेवी, एवम बस व्यावसायी मेख बहादुर दुराले व्यवस्था गरेको छ भने पानी बितरण दाता दुरालाई क्षेत्रबिकास समितिले साम्मान पनि गरेको थियो त्यस्तै गरेर श्रावण महिनाको दोस्रो सोमबारमा प्रसाद बितरणमा आर्थिक सहयोग मध्यनेपाल नगरपालिका वडा नं ०७ निवासी बिश्वचन्द्र घिमिरेले गर्ने ईशानेश्वर महादेव क्षेत्र बिकास समितिका अध्यक्ष गुणराज घिमिरेले बताउनु भएको थियो।
यसपालिको साउन महिनाको हरेक सोमबार साँझमा गरिने गरि हिजो साँझमा ६ बजे पण्डित रामप्रसाद सोग्देल ज्युको नेतृत्वमा आरती पुजा आराधना गरिएको थियो।









