मध्यनेपाल- ४३ औं साउने सक्रान्ती मेला तथा १३ औं बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ खुल्ला राष्ट्रीय रनिङ शिल्ड फुटबल प्रतियोगिता गोल्डेन फ्युचर युवा क्ल्बको आयोजनामा मध्यनेपाल नगरपालिका वडा नं ०१ जिताकोटको खेल मौदानमा साउन २ गते शनिवार देखी शुरु भएको खेल फाइनलमा रोधी युवा क्लब हरिगाउ दोर्दी र लाङ्दी देवी नालामा बिच भोली आइतबार दिउसो १ बजे भिडन्त हुने भएको छ । मध्यनेपाल नगरपालिकाका नगर प्रमुख रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यमा फाईनल खेल तथा समापन समारोह झाँकी र्याली चुड्का तथा बिभिन्न सास्कृतिक कार्यक्रमको साथ हुने भएको छ ।
उक्त प्रतिष्पर्धिहरुको आज भएको सेमी फाइनलमा पहिलो खेल लाङ्दी देवी फुटबल क्लब नाल्मा र ताप्ले युबा क्लब जिता बिच भएको थियो जसमा दुबै टिमले दुइ दुइ गोलको बराबरिमा खेल समाप्त गरी पेनाल्टी भिड्न पुगेको थियो । पेनाल्टीमा एक गोलका बिरुद्द दुई गोलले पराजित गर्दै लाङ्दी देवी फुटबल क्लब फाईनलमा प्रवेश गरेको थियो भने उक्त सेमी फाइनलमा म्यान अफ द म्याच लाङ्दी देवी फुटबल क्लबका मनदिप गुरुङले रु १५०० र र ट्रफी प्राप्त गर्न सफल भएको थियो।त्यस्तै गरेर दोस्रो सेमी फाइनलमा रोधी युवा क्लव हरिगाउ दोर्दी र ईज्रा फुटबल क्लब जिता बिच भएको थियो । खेलमा रोधी युवा क्लबले शुन्यका विरुद्द ०६ गोलले ईज्रा फुटबल क्लबलाई पराजित गर्दै फाईनलमा प्रवेश हुना सफल भएको हो । भने रोधी युवा क्ल्बका जर्सी नम्बर २ दिपेश श्रेष्ठले रु १५०० र ट्रफी सहित म्यान अफ द म्याच प्राप्त गर्न सफल भएको थियो । उक्त खेलको शुरुमै ईज्रा फुटबल क्लब जिताको मुख्य गोलकिपर घाइते हुन पुगेको थियो जसको क्षती ईज्रा फुटबल क्लबले बेहोर्नु परेको थियो ।

प्रथम पुरस्कार १०० तोला बराबरको चाँदीको ट्रफी, मेडल प्रमाण पत्र सहित १ लाख ६६ हजार ६ सय ६६ रुपैया बराबरको धनराशी भएको फाइनलमा खेलमा धमाकेदार भिडन्त हुने र कसले बाजी मार्ला भन्ने कुरामा आजको सेमी फाईनल हेर्दै गरेर बसेका खेल प्रेमी दर्शकहरुले कुन टिमले जित्ला भनेर अनुमान गर्न नसकेको अवस्था थियो । गाउ बासिहरु बसाइ सरेर गाउ खाली भएको अवस्थामा पनि साउने सक्रान्ती मेलाको लागी देश तथा बिदेशमा रहनु भएका सबैको साथ र सहयोगले हामिले फुटबल खेल्न खेलाउन र हेर्नेको लागी यतिका खेलप्रेमी दर्शकहरुको माया पाएको उधृत गर्दै आजको सेमी फाईनल खेलको उत्साह सङै जिताकोटको साउने सक्रान्ती मेलाले छुट्टै पहिचान बोकेको गोल्डेन फ्युचर युवा क्लबका अध्यक्ष रामकृष्ण भुजेलले बताउनु भएको थियो । 
प्रथम पुरष्कार प्रायोजकको मध्यनेपाल नगपालिकाको रहेको छ भने दोस्रो चाँदीको ट्रफी मेडल प्रमाण पत्र सहित रु ८८ हजार ८ सय ८८ रुपैया प्रायोजक मध्यनेपाल नगरपालिका वडा न ०१ त्यस्तै गरेर उत्कृष्ट टिमलाई रु १५ हजार प्रयोजक गम बहादुर गुरुङ (हाल युके) उत्कृष्ट खेलाडी रु ३ हजार ३ सय ३३ प्रायोजक सन्तोष गिरि, सर्वाधिक गोलकर्ता रु ३ हजार ३ सय ३३ ट्रफी मेडल र प्रमाणपत्र, उत्कृष्ट गोलकर्ता रु ३ हजार ३ सय ३३ ट्रफी मेडल र प्रमाण पत्र प्रायोजक पवन राई रहेको छ।










