Trend
अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||   सामुदायिक विद्यालयका शिक्षकका लागि सूचना प्रविधि तालिम सम्पन्न  ||   नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता सम्पन्न।  ||   साहित्यकार रानाभाट र गायक पौडेल अब व्यवसायी पनि  ||  
आइतबार , भाद्र २१, २०८३
शिक्षक सङ्घ, कास्कीका पूर्वअध्यक्ष भण्डारीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री – Sarangi News

पोखरा, साउन ६ गते । नेपाल शिक्षक सङ्घ, कास्कीका पूर्वअध्यक्ष विजयराज भण्डारीले कास्कीको अन्नपूर्ण गाउँपालिका-२, ढिकुरपोखरीमा सञ्चालित माछापुच्छ्रे माविका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेका छन् ।

४४ औँ बिपी स्मृति दिवसको अवसर पारेर बुधवार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच भण्डारीले विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अन्नपूर्ण गाउँपालिका, वडा नम्बर २ का वडाअध्यक्ष पिताम्बर भण्डारी तथा विद्यार्थीहरूलाई सामग्री हस्तान्तरण गरे ।

नेपाल ट्रेड युनियन काङ्ग्रेस, कास्कीका निवर्तमान अध्यक्ष तथा नवप्रभात माध्यमिक विद्यालय, नयाँबजारका पूर्वप्रधानाध्यापकसमेत रहेका भण्डारी हाल जनप्रकाश बहुमुखी क्याम्पस, पोखरा–२९ का अध्यक्ष रहेका छन् । शिक्षाको विकास र समाजसेवामा निरन्तर योगदान दिँदै आएका भण्डारीले सामुदायिक विद्यालयका कुनै पनि विद्यार्थी कापी, कलम जस्ता आधारभूत आवश्यकता पूर्तिबाट वञ्चित हुन नपरोस् भनेर निवृत्त जीवनपछि पनि विभिन्न विद्यालयका विद्यार्थीलाई सहयोग गर्दै आएको बताए । उनले धनले भन्दा पनि मनले सामुदायिक विद्यालयहरूमा पुग्ने गरेको अनुभव सुनाए । बिपी स्मृति दिवसका सन्दर्भमा भण्डारीले आफू बिपी कोइरालाबाट प्रभावित भएको र उनले गरिब, किसानको पक्षमा उठाएको आवाज आफूलाई मन पर्ने भनाइ राखे । ठुलो मान्छे होइन, असल मान्छे बन्नुपर्ने बिपीको विचारको अनुसरण गर्न विद्यार्थीलाई आग्रह गर्दै उनले पढाइमा विशेष ध्यान दिन सुझाव दिए ।

अन्नपूर्ण गाउँपालिका, वडा नम्बर २ का वडाअध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर भण्डारीले विद्यालयलाई विजयराज भण्डारीको सहयोग अतुलनीय हुने बताए । उनले अन्नपूर्णकै लिडर विद्यालय भएकाले माछापुच्छ्रेले नतिजा सुधारमा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै गाउँपालिकाले शतप्रतिशत नतिजा ल्याउने विद्यालयलाई नगद ३ लाख रुपियाँसहित सम्मान गर्ने जानकारी दिए ।

शान्ति आधारभूत विद्यालय, पोखरा–३० का प्रधानाध्यापक मनिराम कडेलले समाजसेवी विजयराज भण्डारीको परिचय दिँदै आफ्नो चिन्ताभन्दा बढी सामुदायिक विद्यालयको चिन्तामा भण्डारी लाग्ने गरेको बताए । सेवामा रहँदा र सेवानिवृत्त हुँदा पनि शिक्षा, विद्यार्थी र विद्यालयकै विषयमा निरन्तर चासो राख्ने व्यक्तिका रूपमा कडेलले भण्डारीलाई चिनाए ।

कार्यक्रममा नेपाल परिवार नियोजन सङ्घ, कास्कीका अध्यक्ष नवीन सिग्देल, राजनीतिकर्मी पोषनाथ शर्मा, नेपाल ट्रेड युनियन काङ्ग्रेस, अन्नपूर्णका अध्यक्ष यमप्रसाद भण्डारी, विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारी, शिक्षक नारायणप्रसाद भण्डारीलगायतले भण्डारीको सहयोगप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

कास्की र तनहुँका विभिन्न विद्यालयमा सहयोग गर्दै आएका भण्डारीले यसअगि पोखरा–१९ चुरुङ्गास्थित धारा आधारभूत विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीहरूलाई विद्यालय पोसाक तथा स्टेशनरी वितरण गरेका थिए । त्यसै गरी उनले लक्ष्मी आदर्श माध्यमिक विद्यालय, पोखरा–२७ मा १ लाख, सिर्जना बहिरा माध्यमिक विद्यालय, पोखरा–२६ मा  १ लाख, रत्नशोभा माध्यमिक विद्यालय, पोखरा–२८ मा १ लाख ५० हजार र शान्ति आधारभूत विद्यालय, पोखरा–३० मा १ लाख रुपियाँको अक्षयकोष स्थापना गरेका थिए ।

यसै गरी रूपा गाउँपालिकास्थित माईमैदान आधारभूत विद्यालय, कल्प आधारभूत विद्यालय तथा माछापुच्छ्रे गाउँपालिकाको बाराही आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण गर्नुका साथै पोखरा–३२ स्थित राधाकृष्ण आश्रममा सञ्चालित विद्यालयमा खाद्यान्न तथा स्टेशनरीसमेत सहयोग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।

जिताकोट साउने सक्रान्ती मेला शुरु, ४० टिमको सहभागीता।

सुन्दरबजारमा प्रथम खुल्ला तिज गित प्रतियोगिता हुँदै।

भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।

कास्कीका विद्यालयमा वैज्ञानिक ढङ्गले दरबन्दी मिलान गर्न शिक्षक महासङ्घकै माग

मिस नेपालमा पोखरेली चेली सङ्गीता पौडेल


TOP