Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन। – Sarangi News

मध्यनेपाल(लमजुङ)- लमजुङको मध्यनेपाल नगरपालिका वडा नं ०७ करापुटारमा रहेको ऐतिहासिक धार्मिक स्थल ईशानेश्वर महादेव मन्दिरमा हिजो दोस्रो सोमबार श्रद्धालु भक्तजनहरुको उपस्थिति अत्याधिक मात्रामा रहेको थियो। भने श्रद्दालु भक्तजनहरुबाट १ लाख १४ हजार २ सय ५३ रुपैया दान संकलन भएको ईशानेश्वर महादेव क्षेत्र  बिकास समितिका अध्यक्ष गुणराज घिमिरेले बताउनु भएको थियो।

 बिहानै देखी श्रद्दालु भक्तजनहरुको उपस्थिती भजन कृतन र नाँचगानले महादेव मन्दिर परिसर पवित्र धार्मिक स्थलको रुपमा चम्किदै गुन्जिदै थियो। त्यस्तै गरेर मध्यनेपाल नगरपालिकाका नगरप्रमुख रमेश कुमार पाण्डे ज्युको प्रमुख आतिथ्यमा र भजन गायक प्रजापती पराजुलिको विशेष उपस्थितिमा राष्ट्रिय भजन चुड्का प्रतिष्ठानको पदस्थापन कार्ययक्रम भएको थियो।

उक्त कार्यक्रममा प्रसाद बितरणमा लागेको आर्थिक व्यवस्थापन मध्यनेपाल ७ हाल काठमाडौ निवासी बिश्वचन्द्र घिमिरेले गर्नु थियो  भने श्रद्दालु भक्तजनहरुलाई प्रसाद बितरण एवम चियापानको ब्यवस्था पन्चबुद्ध तमु समाजले गरेका थिए।

त्यस्तै गरेर सोमबार साँझमा दिव्य महाआरती कार्यक्रममा पण्डित   दिलिप उपाध्याय, बिकास पौडेल, बिमल आचार्य, सुरेश सापकोटा र रवि लामिछानेको समुहले आरती पुजा आरधना गर्नु भएको थियो भने कर्ताका रुपमा गितादेबि घिमिरे, लिला केसि र श्रीतोश घिमिरे हुनु हुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP