Trend
थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा  ||   शिवालय मा. वि. मा हाजिरीजवाफ प्रतियोगिता  ||   श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||  
शनिबार , साउन २३, २०८३
भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने। – Sarangi News

मध्यनेपाल(लमजुङ)- लमजुङको मध्यनेपाल नगरपालिका वडा नं ०७ भाटबेशिमा गए राती साउन ११ गते पहिरोले पुरिएर मृत्यु भएका विक परिवारलाई १/१ लाख रुपैया र घाइतेको उपचार तथा सम्पुर्ण ब्यवस्थापन खर्च मध्यनेपाल नगरपालिकाले गर्ने भएको छ।

उक्त घटनमा मृत्यु भएका मृतक बुवा टिक बहादुर विक र छोरी विनिता विकको बिपद खर्च स्वरुप जनही रु १/१ लाख रुपैया दिने भएको छ भने घाईते आमा सुक कुमारी बिक र छोरी अस्मिता विकको सम्पुर्ण उपचार खर्च सहित व्यवस्थापनको लागि ५० हजार रुपैयाँ दिने निर्णय गरेको मध्यनेपाल नगरपालिकाको आज बसेको आकस्मिक बैठकले निर्णय गरेको हो।

यस घटनाले अत्यन्तै मर्माहित एवम दुखी बनाएको बताउदै, मृतक प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गरी परिवार प्रती गहिरो समवेदना व्यक्त गर्दै घाईते सुक कुमारी विक र अस्मिता विकको शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दै, हाम्रो मध्यनेपाल नगरपालिकाको पहिलो प्राथमिकता नै विपद व्यवस्थापन हो त्यसैले उक्त घटनाको लागि हामिले आकस्मिक बैठक बसेर सम्पुर्ण समस्याको समाधान तर्फ कदम उठाएको मध्यनेपाल नगरपालिका नगर प्रमुख रमेश कुमार पाण्डे ज्युले बताउनु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP