करापुटार:- लमजुङको मध्यनेपाल नगरपालिका वडा नं ०७ करापुटारको ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको तेस्रो सोमबार आज झरी र बर्षामा पनि श्रद्दालु भक्तजनहरुको निक्कै उत्साहाजनक उपस्थिति रहेको थियो। छाता तथा बर्षाती ओढेर आएका भक्तजनहरुबाट संकलीत दान १ लाख २० हजार २ सय २ रुपैया भएको थियो।
बिभिन्न जिल्लाबाट आएका भक्तजन र भजन समुहहरुको उपस्थितिले ईशानेश्वर महादेव मन्दिर परिसरमा भजनमय बनेको थियो। जसमा पात्ले युवा संजाल भजन समूह पोखरा पुम्दिकोट, आशुतोश भजन समूह मालेपाटन पोखरा, दिपज्योती भजन समूह दमौली, करापुटार भजन समुह, नयाँ सिर्जना आमा समूह लगायतका थुप्रै भजन समुहहरुको सहभागिता रहेको थियो। विशेष गरेर पात्ले युवा संजाल भजन समूह र दिपज्योती भजन समूह दमौलीका समुहले श्रद्दालु भक्तजनहरुलाई भजन गायन तथा नृत्यमा मन्त्रमुग्ध बनाएको थियो।

त्यस्तै गरेर राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान कार्यसमितिको कार्यक्रम समेत रहेको थियो। केन्द्रिय अध्यक्ष श्री नारायण खनाल “लेकाली” को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपमहासचिव श्री नारायण प्रसाद खनाल, केन्द्रीय सदस्य एवम गण्डकी प्रदेश ईन्चार्ज हरिकृष्ण घिमिरे, केन्द्रिय सदस्य दण्ड्पाणि पाण्डे, दयाराम न्यौपाने, शिवप्रसाद घिमिरे, साथै केन्द्रिय सदस्य एवम बागमती , कोशी र मधेश प्रदेश ईन्चार्च लोक दोहिरी गायक नवीन पौडेल लगायतको उपस्थिति रहेको थियो। भजन गायन, नृत्य, संगसगै प्रतिष्ठानको सदस्यता बितरण एवव सम्मान कार्यक्रम समेत गरिएको थियो।
दर्शन गर्न उपस्थित श्रद्दालु भक्तजनहरुलाई मध्यनेपाल नगरपालिका वडा नं ०८ स्याउली बजारका कमला परियारले १० हजार ७ सय ४० रुपैया बराबरको चिया खर्छ ब्यवस्थापन गर्नु भएको थियो भने मध्यनेपाल नगरपालिका वडा नं १० रामबजारका हाल पोखरा निवासी दिव्यराज घिमिरे ज्युले ६० हजा १ सय रुपैया बराबरको प्रसाद बितरण गर्नु भएको श्री ईशानेश्वर महादेव मन्दिर क्षेत्र बिकास समितिका अध्यक्ष गुणराज घिमिरे ज्युले बताउनु भएको थियो।
दिनैभर भजन कृतनका साथसाथै साँझमा उपयोगी धार्मिक विविध सेवा रामघाट पोखराका पण्डितहरुबाट साँझ ६:३० बजे आरती गरिएको थियो। श्रावण महिनाको हरेको सोमबार साँझ दिव्य महाआरती गर्ने ईशानेश्वर महादेव मन्दिर क्षेत्र बिकास समितिको निर्णय अनुसार आज तेस्रो सोमबार पनि गरिको हो। पण्डित बिकास पौडेल, पण्डित सुरेश सापकोटा, पण्डित महेन्द्र काफ्ले, पण्डित गणेश पौडेल र पण्डित रवि लामिछानेको सामुहिक आरातिमा कर्ताका रुपमा गिता देवी घिमिरे, निर्मला घिमिरे, सविता घिमिरे, शकुन्तला घिमिरे, शोभा देवी घिमिरे, मुना घिमिरे, सावित्रा आचार्य भिमिरे, सविता ढकाल (पोखरा) थिएं। आजको आरतीमा गत सोमबारका भन्दा धेरै भक्तजनहरुको सहभागीता रहेको थियो आगामी श्रावण महिनाको अन्तिम सोमबार अझै आरतिमा सहभागी भक्तजनहरु बढ्न सक्ने र यसलाई निरन्तरता दिन पर्ने ईशानेश्वर महादेव क्षेत्रबिकास समितिका सचिव देवेन्द्र सिंह घिमिरेले बताउनु भएको थियो।











