Trend
कक्षा कोठा २.०: कृत्रिम बौद्धिकताको जादू कि जाल ?  ||   रेडक्रसको जिल्लास्तरीय वक्तृत्वकलामा अमरसिंह माविकी मानसी प्रथम  ||   कमेरे भञ्ज्याङमा पहिरो, रामबजार साल्मे सडक अवरुद्द, भञ्ज्याङ बस्ती जोखिममा।  ||   ईप्रका भोर्लेटारका प्रनि- शर्माको अर्को सफलता, २ थान बन्दुक बरामद।  ||   सुन्दरबजारमा प्रथम खुल्ला तिज गित प्रतियोगिता हुँदै।  ||   श्रावण महिनाको अन्तिम सोमबार शिवरात्रीको छनक ईशानेश्वर महादेव मन्दिरमा।  ||   लममजुङको मर्स्याङ्दी गाउपालिका भुलभुलेमा आयोजित छैटौ हामखोला झरना महोत्सवका तस्वीरहरु।  ||   थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा  ||  
आइतबार , साउन ३१, २०८३
कमेरे भञ्ज्याङमा पहिरो, रामबजार साल्मे सडक अवरुद्द, भञ्ज्याङ बस्ती जोखिममा। – Sarangi News

मध्यनेपाल(लमजुङ):- लमजुङको मध्यनेपाल नगरपालिका वडा नं ०७ कमेरे भञ्ज्याङमा गत राती गएको पहिरोले रामबजार साल्मे सडक खण्ड अन्तरगतको सडक भासिएको छ भने भञ्ज्याङ बस्ती जोखिम अवस्थामा रहेको छ। गत साउन २८ गते रातीको बर्षाले सडक चिरिएको अवस्थामा थियो भने आज राती करीब ९:३० बजेबाट पहिरो शुरु हुन थालेको लगभग १२ बजेको आसपास ठुलै पहिरो गएको स्थानिय बिन्दु कुमारी गुरुङले बताउनु भएको थियो।

उक्त सडक खण्ड अन्तरगतको कृष्ण भिरमा २७ गते राती गएक पहिरो पन्छाउने क्रममा लगातार यसै क्षेत्रको नियमित रुपमा स्थलगत रुपमा रहेका वडा अध्यक्ष हिरा बहादुर गुरुङ ज्युका अनुसार, यस घटनाको जानाकारी प्राप्त गर्नसाथ तत्काल पहिरो स्थलमा पुगेर कुनै पनि दुर्घटना नहोस भन्ने तर्फ स्थानियलाई सजग गराएको बताउदै यस जोखिम युक्त भञ्ज्याङ बस्तीलाई स्थानीय तहका सरकार, प्रदेश एवम संघिय सरकारको पहलमा विपद ब्यवस्थापनको रुपमा व्यवस्थापन तर्फ नेपाल सरकारको मुख्य जिम्मेवारी रहेको बताउनु भएको थियो। किन भने मुख्य समस्या बस्तीको र त्यसपछि सडाक निर्माण र बैकल्पिक व्आयवस्थापनको आबश्यकता रहेको बताए।

त्यस्तै उक्त सडकमा चल्ने पोखरा यातायात प्राली (लेखनाथ) को बस दुईवटा साल्मे घाम्राङ तर्फ रोकिएको छ भने हाललाई सोही बसले भञ्ज्याङसम्म यात्रु ल्याउने र भञ्ज्याङबाट पोखरा लगायत अन्यत्र क्षेत्र जाने यात्रुलाई सोही पहिरो क्षेत्रबाट अन्य बसले ल्याएको सवारीलाई ओराल्ने ल्याउने लैजाने गर्ने पोखरा यातायात प्राली कास्किका अधिकृत भवानी प्रसाद पौडेलले स्थलगत रुपमा पहिरो क्षेत्रमा अवलोकन गरि बताउनु भएको थियो।

त्यस्तै गरेर पहिरोको खबर प्राप्त हुनसाथ मध्यनेपाल नगापालिकाका नगर उप प्रमुख सीता गुरुङको समेत उपस्थिती रहेको थियो। जोखिम युक्त गाउँ बस्तीको बारेमा नेपाल सरकारको ध्यानाकर्षण हुन अति आवश्यक रहेको बताइदै, यो सडक निर्माणका क्रममा दुईवटा घरलाइ मुअव्जा दिएर सडक निर्माण गर्ने साल्लाह योजनालाइ कसैले राजनैतिक रुपान्तरण गरि घरमुलीलाई घर नदिने बनाएर सडक हालको स्थानबाट लिएर जान पर्दा यो आवस्था र घटना भएको बताईन। साथै त्यतीबेला पुर्वाधार बिकास योजनालाई सोही अजुरुप काम गर्न दिएको भएमा हाल यो अवस्था न आउने समेत जिकिर गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP