Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
गण्डकीमा ५ दल बीच गठबन्धन गर्ने सहमति,संयुक्त घोषणापत्र जारी ! – Sarangi News

पाेखरा । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा प्रभाव यकिन गरी आपसी गठबन्धन गर्नेमा सत्तारुढ प्रदेशस्तरका नेताहरु सहमत भएका छन् । केन्द्र भन्दा पनि प्रदेश र स्थानीय तहमा गठबन्धन गरेर गएमा धेरै स्थानमा आफ्नो पकड जमाउन सकिने उनीहरुको दाबी छ ।

नेपाली कांग्रेस गण्डकीको कार्यालयमा भएको बैठकमा सत्तारुढ ५ दलका नेताहरुबीच सो विषयमा सहमति गरेको काँग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले जानकारी दिए । उनले चैत २२ मा बस्ने पुनः अर्को बैठकमा प्रदेशका ११ जिल्लामा संगठनको वर्तमान सांगठनिक अवस्था’दयगत यथार्थ जानकारी प्रस्तुत गर्ने सहमति भएको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रचार विभाग प्रमुख रमेश पौडेलले प्रदेश तथा जिल्ला तहका नेताहरुको बैठकले आसन्न स्थानीय तह निर्वाचनमा मिलेर जाने निर्णय भएसँगै कार्यकर्ताहरुमा उत्साह भएको जनाए । उनले जुन स्थानीय तहमा जुन दलको पकड छ, सोही अनुसार नै अगाडि बढ्नुपर्ने प्रस्ताव दलका प्रतिनिधिले राखेको बताए ।

स्थानीय निर्वाचनका लागि प्रदेशस्तरमा तालमेल गर्दै पाँच दलको संयुक्त घोषणापत्र जारी गरिने तयारी छ । नेकपा (माओवादी केन्द्र) गण्डकी अध्यक्ष गायत्री गुरुङले केन्द्रको निर्देशन अनुसार वडा तहसम्मै गठबन्धन गरेर जाने सहमति भएको बताइन् । यो समाचारराजधानी दैनिकमा छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP