सरकारले प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि सङ्घीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिकमा रु पाँच हजारका दरले बढाउने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्री तथा सरकारका प्रवक्ता तथा सस्मित पोखरेलले जानकारी दिए ।

त्यस्तै, कक्षा ९ र १०, कक्षा ६ देखि ८ कक्षा शिक्षण सहयोग अनुदान कोटामा शिक्षकको तलब माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणी बराबरको कायम गर्ने निर्णय पनि सरकारले गरेको छ ।











