साहित्यकार रानाभाट र गायक पौडेल अब व्यवसायी पनि – Sarangi News

पोखरा, भदौ ६ गते । साहित्यकार नेपालहरि रानाभाट र गायक रामजी पौडेल व्यावसायिक जोडीका रुपमा देखा परेका छन् ।
रानाभाट र पौडेलको संयुक्त लगानीमा शनिवारदेखि रानीमहल इभेन्ट एन्ड रेस्टुरेन्ट सञ्चालनमा आएको छ । पोखराको न्युरोडस्थित रेस्टुरेन्टको गण्डकी प्रदेशका सांसद प्रकाश बरालले उद्घाटन गरे । बरालले असल सहकार्यसहितको व्यासायिक सहयात्रा अगि बढ्नेमा विश्वास व्यक्त गरे । उनले असल र फरक सेवा दिन सक्नुपर्नेमा जोड दिए । उनले जबसम्म ग्राहकको मन जितिन्छ, तबसम्म व्यवसायले सफलता प्राप्त गर्ने बताउँदै उनले उपभोक्ताको स्वास्थ्यमैत्री किचनको व्यवस्थापनमा विशेष ध्यान दिन रेस्टुरेन्ट व्यवासायीहरूलाई सुझाव दिए ।
रेस्टुरेन्टका प्रबन्ध निर्देशक नेपालहरि रानाभाटले १० ओटाभन्दा बढी नयाँ परिकारको व्यवस्थापनमा आफूहरू लागेको बताए । उनले बेगनास तालको माछाका साथै पाल्पाको चुकाउनीलगायतका पहिचान र स्थानीय स्वादको सङ्गगमका रूपमा रेस्टुरेन्टलाई अगि बढाउने सोचमा आफूहरू रहेको जानकारी दिए । उनले तालिम, गोष्ठी, विविध कार्यक्रम गर्ने हलसहित पोखराको न्युरोड जस्तो पायक पर्ने ठाउँमा सञ्चालित रेस्टुरेन्ट नाफाका लागि मात्रै नभई ग्राहकको सन्तुष्टिका लागि केन्द्रित रहने भनाइ राखे ।
कार्यक्रममा गीतकार प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले गीतकार र गायकको यो जोडीले व्यवसायीका रूपमा पनि सफलता पाउने विश्वास व्यक्त गरे ।
यस्तै पाल्पाली बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले व्यवसायमा धैर्य र लगनशीलता आवश्यक पर्ने भन्दै समाजका प्रतिष्ठित व्यक्तिहरुको लगानीमा सञ्चालित रेस्टुरेन्टले सफलता पाउने विश्वास व्यक्त गरे ।
सञ्चालक रानाभाट शिक्षा तालिम केन्द्र, गण्डकी प्रदेशका निवर्तमान प्रमुख हुन् । उनका साहित्यिक र साङ्गीतिक सिर्जनाहरू बजारमा आएका छन् । पौडेले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गण्डकीका उपाध्यक्ष हुन् । रानाभाटको रचना तथा गायक पौडेलको स्वरमा रहेको तिम्रो माया फूल जस्तै बसायो… बोलको गीत पछिल्लो समय चर्चित बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP