Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बुधबार , भाद्र ३१, २०८३
सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न – Sarangi News

पोखरा महानगरपालिका–१५, दुईगेसाँघुस्थित सृजनशील बालविकास कार्यक्रम (सीसीडीपी) को पाँचौँ सामाजिक परीक्षण तथा १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष राम प्रसाद शर्माको अध्यक्षतामा दुई दिनसम्म चलेको कार्यक्रममा संस्थाको पारदर्शिता, बालअधिकार संरक्षण, प्रगति समीक्षा तथा आगामी रणनीतिक योजनाबारे विस्तृत छलफल गरिएको थियो।
​भाद्र २७ गते आयोजित सामाजिक परीक्षण कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित सामाजिक तथा बालविकास सम्बन्धी गतिविधिहरूको सार्वजनिक समीक्षा गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका–१५ का वडा अध्यक्ष तोरण बहादुर बानियाले संस्थाले बालबालिकाको क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै वडा कार्यालयको तर्फबाट निरन्तर सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

​त्यसैगरी, विशिष्ट अतिथि गण्डकी प्रदेश समन्वय बालअधिकार अधिकृत (राष्ट्रिय बाल परिषद) बद्री प्रसाद वाग्लेले बालअधिकार संरक्षण र संवर्द्धनमा संस्थाले खेलेको भूमिका प्रभावकारी रहेको धारणा राख्नुभयो। पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाकी बालअधिकार अधिकृत बेल कुमारी गुरूङले संस्थाको उत्तरदायी कार्यशैलीको सराहना गर्नुभएको थियो। सहजकर्ता निकिता कोइरालाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा शिक्षक, अभिभावक, स्थानीय बासिन्दा तथा सरोकारवालाहरूको उपस्थिति थियो।

​भाद्र २८ गते सम्पन्न १४ औँ वार्षिक साधारण सभामा संस्थापक निर्देशक शंकर पन्थले संस्थाको विकासक्रमबारे जानकारी गराउनुभयो। सभामा सचिव विनोद नेपालीद्वारा प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष वीर बहादुर नेपालीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को आर्थिक प्रतिवेदन छलफलसहित पारित गरियो। साथै, सभाले आगामी आर्थिक वर्ष २०८३/०८४ को कार्ययोजना तथा बजेटसमेत अनुमोदन गरेको छ।

​कार्यक्रमको समापन गर्दै अध्यक्ष राम प्रसाद शर्माले संस्थालाई निरन्तर सहयोग पुर्‍याउने स्थानीय सरकार, बालअधिकारकर्मी, अभिभावक तथा सम्पूर्ण सरोकारवालाहरूप्रति आभार व्यक्त गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP