Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
अनेरास्वियुकाे अन्तर पालिका स्तरीय निबन्ध लेखन प्रतियाेगीता – Sarangi News

प्रकाश अधिकारी

देविस्थान ।  अनेरास्वियुले आयाेजना गरेकाे अन्तर पालिका विद्यालय स्तरीय निबन्ध लेखन प्रतियाेगीतामा मालिका गाउँपालिमा बुधबार सम्पन्न भएकाे छ ।

मेराे परिकल्पनाकाे स्थानिय सरकार विषयमा लेखिएकाे निबन्ध  प्रतियाेगितामा  किसानी माविका सम्झना खत्री प्रथम, जनप्रिय माविका विजय पाैडेल दाेस्राे र गौ बोमबस्त माध्यमिक विद्यालयकी विपासा सिउथानी तेस्राे भएकी छिन् ।

विजेताले क्रमश ५ हजार, ३ हजार र २ हजार नगद सहित प्रमाण पत्र पाए । त्यस्तै निस्काेट माविका रम्मी पुन  र केवि एकेडेमीका निशा किसान सान्त्वना भए । सान्त्वनाले नगद एक एक हजार सहित प्रमाण पत्र पाएकाे अनेरास्वियुका नेता उदय बहादुर दर्जीले जानकारी दिए ।

नेकपा एमाले निकट अनेरास्वियुले आयाेजना गरेकाे प्रतियाेगीतामा  पालिका भित्रका विद्यालयका माध्यामिक तहमा अध्यान गर्ने विद्यार्थीहरूकाे सहभागिता रहेकाे गाै बाेमबस्त माविका शिक्षक चेत बहादुर जिटीले जानकारी दिए ।

मालिका गाँउपालिकाका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी खरमाया विटालुले जनताको काम गर्ने प्लेटफार्म भनेर इमान्दारीका साथ निरन्तर सेवा गरिरहेकाे बताइन् । उनकाे जनप्रतिनिधिले गर्नुपर्ने काम र व्यवहार जनताको लागि गरेको जिकीर छ ।

कार्यक्रमका जनप्रिय माविका प्रधानाध्यापक दिवाकर सुवेदीले मन्तव्य राखे भने वालकृण्ण सुवेदी, बालकृण्ण शर्मा तथा शिक्षक नेता खेम जुगजालीले निणार्यककाे भुमिका निभाए ।

विद्यार्थीहरूले आफ्नाे निबन्धमा संविधानले संघ र स्थानीय सरकार बलियो हुने संघीयताको मोडललाई अंगिकार गरेको भए पनि राजनीतिक नेतृत्वहरू सबै तहका सरकारहरूको संस्थागत विकास गर्ने काममा चुकेकाे निश्कर्ष निकाले । उनिहरूले स्थानीय सरकार सबैभन्दा तल छ तर बलियो भएकाे प्रमाण समेत पेस गरे । उनिहरूले कल्पना गरेकाे स्थानिय सरकारकाे ब्लु प्रिन्ट मात्रै देखाएनन् नेताले प्रत्येक दिन निर्वाचनताका गरेका प्रतिबद्धता स्मरण गरेर काम गर्न सुझाव समेत दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP