Trend
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।  ||   रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो)  ||   आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।  ||   भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।  ||   लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।  ||   आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।  ||   लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना  ||   किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने  ||  
मंगलबार , अषोज २८, २०८२
अनेरास्वियुकाे अन्तर पालिका स्तरीय निबन्ध लेखन प्रतियाेगीता – Sarangi News

प्रकाश अधिकारी

देविस्थान ।  अनेरास्वियुले आयाेजना गरेकाे अन्तर पालिका विद्यालय स्तरीय निबन्ध लेखन प्रतियाेगीतामा मालिका गाउँपालिमा बुधबार सम्पन्न भएकाे छ ।

मेराे परिकल्पनाकाे स्थानिय सरकार विषयमा लेखिएकाे निबन्ध  प्रतियाेगितामा  किसानी माविका सम्झना खत्री प्रथम, जनप्रिय माविका विजय पाैडेल दाेस्राे र गौ बोमबस्त माध्यमिक विद्यालयकी विपासा सिउथानी तेस्राे भएकी छिन् ।

विजेताले क्रमश ५ हजार, ३ हजार र २ हजार नगद सहित प्रमाण पत्र पाए । त्यस्तै निस्काेट माविका रम्मी पुन  र केवि एकेडेमीका निशा किसान सान्त्वना भए । सान्त्वनाले नगद एक एक हजार सहित प्रमाण पत्र पाएकाे अनेरास्वियुका नेता उदय बहादुर दर्जीले जानकारी दिए ।

नेकपा एमाले निकट अनेरास्वियुले आयाेजना गरेकाे प्रतियाेगीतामा  पालिका भित्रका विद्यालयका माध्यामिक तहमा अध्यान गर्ने विद्यार्थीहरूकाे सहभागिता रहेकाे गाै बाेमबस्त माविका शिक्षक चेत बहादुर जिटीले जानकारी दिए ।

मालिका गाँउपालिकाका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी खरमाया विटालुले जनताको काम गर्ने प्लेटफार्म भनेर इमान्दारीका साथ निरन्तर सेवा गरिरहेकाे बताइन् । उनकाे जनप्रतिनिधिले गर्नुपर्ने काम र व्यवहार जनताको लागि गरेको जिकीर छ ।

कार्यक्रमका जनप्रिय माविका प्रधानाध्यापक दिवाकर सुवेदीले मन्तव्य राखे भने वालकृण्ण सुवेदी, बालकृण्ण शर्मा तथा शिक्षक नेता खेम जुगजालीले निणार्यककाे भुमिका निभाए ।

विद्यार्थीहरूले आफ्नाे निबन्धमा संविधानले संघ र स्थानीय सरकार बलियो हुने संघीयताको मोडललाई अंगिकार गरेको भए पनि राजनीतिक नेतृत्वहरू सबै तहका सरकारहरूको संस्थागत विकास गर्ने काममा चुकेकाे निश्कर्ष निकाले । उनिहरूले स्थानीय सरकार सबैभन्दा तल छ तर बलियो भएकाे प्रमाण समेत पेस गरे । उनिहरूले कल्पना गरेकाे स्थानिय सरकारकाे ब्लु प्रिन्ट मात्रै देखाएनन् नेताले प्रत्येक दिन निर्वाचनताका गरेका प्रतिबद्धता स्मरण गरेर काम गर्न सुझाव समेत दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP