Trend
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।  ||   रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो)  ||   आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।  ||   भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।  ||   लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।  ||   आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।  ||   लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना  ||   किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने  ||  
मंगलबार , अषोज २८, २०८२
केपी ओलीको किल्लामा राजेन्द्र लिङ्देनको एम्बुस ! – Sarangi News

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई आर्थिक टाट पल्टाउनेहरुसँग हिसाबकिताब माग्ने बताएका छन् । झापाको दमकमा आज आयोजित आमसभालाई सम्बोधन गर्दै उनले देश ऋणले चुर्लुम्म डुबेको भन्दै यसको दोष वर्तमान राजनीतिका ठूला दलहरुले लिनुपर्ने बताए । ‘अहिले देश ऋणमा चुर्लुम्म डुबेको छ । आफ्नो आम्दानीले सामान्य गतिविधिसम्म धान्न सक्ने अवस्था छैन,’ उनले भने, ‘सरकारको विभिन्न मानिसले भनिरहेका छन् देशको अवस्था ठिक छैन भनेर । बैंक रित्तिएको छ, साना साना ठेक्काको काममा पनि भुक्तानी पाएका छैनन् । ४ वर्षभित्रमा ८ खर्बमा भएको राष्ट्रिय ऋण अहिले १७ अर्ब पुगेको छ ।’

लिङ्देनले आर्थिक रुपमा टाट पल्टाउनेहरुसँग राप्रपाले हिसाव किताब गर्ने चेतावनी पनि दिए । उनले विकृति विसंगति र भ्रष्टाचारविरुद्ध उत्रनका लागि राप्रपामा गोलबद्ध हुन पनि अपिल गरे । कार्यक्रममा बोल्दै राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले एमाले नेतृत्वको सरकारले अरबौं भ्रष्टाचार गरेको भन्दै फेहरिस्त सुनाए । ‘झापामा आएर भन्न मन लाग्यो, एमाले सरकारले अरबौं भ्रष्टाचार गरेको छ,’ शाहीले भने, ‘दमक नगरपालिकामा मात्रै ३ वर्षमा ८ करोड ९८ लाख बेरुजु देखिएको छ ।’ उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने र राजतन्त्रबारे जनमतसंग्रह हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा राप्रपाकी नेतृ तथा नायिका रेखा थापाले अबका नारीहरू कमजोर नभएको भन्दै राजनीतिमा आउन आह्वान गरिन् । ‘अबका नारीहरू कमजोर छैनन, देश हाँकेको हेर्न चाहन्छु,’ उनले भनिन्, ‘हामी सपना देखाउन आएको होइन, पुरा गर्न आएका हौं, यसमा सबैको हातेमालो आवश्यक छ ।’

स्थानीय चुनाव नजिकिँदै गर्दा राप्रपाले एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमकमा आमसभा गरेको हो । कार्यक्रममा राप्रपाले राजसंस्था हुनुपर्ने, देश हिन्दूराज्य हुनुपर्ने र संघीयता खारेज हुनुपर्नेमा जोड दिए । यस्तै कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि हजारौंको संख्यामा राप्रपामा प्रवेश गरेको घोषणा गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP