नानुक अफ द नर्थ : मस्तिष्क भन्दा ज्यादा हृदय छुने वृत्तचित्र – Sarangi News

जुन गन्तव्यमा पुग्न सहज यात्रा बनेको हुदैन् । सरल रस्ता पनि हुदैन् । अर्थात गन्तव्य छ । यात्रा र यात्री छैन् । यात्री पनि आफै रस्ता पनि आफै । अव भन्नुस् त्यो गन्तव्य र यात्रा, सहज अनि सरल होला ? हुनत जीवन रेखा कहिल्यै पनि सरल र सहज हुदैन् । बाँङ्गो टिङ्गो हुन्छ । पत्यार लाग्दो,निस्पट अध्यारो जस्तो कस्तो कस्तो । तेति वेला अन्ययोल र निराशका पलहरुले घरजम गर्छन् । मनमा उत्साह हराउदैँ जान्छ । केही कोश टाँढा पुगरे हेर्दा फेरी सन्दर लाग्छ, आफुले निमार्ण गरेको जीवनको रस्ता । फेरी उत्प्रेणा र आशाको सञ्चार हुन्छ । सार्थक परिभाषा खोज्न जीवनको उद्येलित हुनु अस्वभाविक होईन । सिर्जनशिलता , काल्पनिक र असल कर्मले मानिसलाई अमर बनाउँछ । आज त्यही सुन्दर गन्तव्य तर रस्ता विहीन । रमाईलो तर दस्ता विहीन । असहज, अकल्पनिय यात्राको सफल यात्री डकुमेन्ट्री फिल्म मेकार रोवट जे फेल्यार्थी र उनको असल कर्म र सफल व्यक्तित्वको कुरा पनि कम्ता सुन्दर छैन् । गुलाफको बगैचा जस्तै । जति वेला डकुमेन्ट्री फिल्मको संरचना यस्तै हो भन्ने थिएन् अहिले जस्ता प्रविधिको विकास करिव करिव शुन्य जस्तै थियो सँसारमा । त्यो समय र परिवेशमा अथार्थ १९९२ मा क्यानाडाको एउटा वस्ती । जनजातीहरुको वाहुल्य क्षेत्र , भुभागमा खिचिएको पहिलो सफल डकुमेन्ट्री फिल्म हो नानुक अफ द नर्थ। त्तकालिन समयमा व्यवसायिक फिल्मले चर्चा पहिरकेको थियो । तर डकुमेन्ट्री फिल्मको खासै चर्चा र बिकास भएको थिएन ।  फराकिलो सोच र धारणा पनि थिएन भन्दा अतिशयोक्ति नहोला ।

रोवट डकुमेन्ट्री फिल्मको माध्यमबाट आफ्नो भविष्य चाहान्थे । त्यो शक्ति आफुसँग भएको पत्ता पाएका थियो । यस्तो सामार्थ कमै मानिसमा हुन्छ । हुन त मानिस मात्रै यस्तो कस्तुरी हो जस्ले आफनो नावि आफैँ चिन्द्छ । मानव कस्तुरी र उनको नाविको कुरा गरौँ । रोवटको साइलेनट डकुमेन्ट्री फिल्म नानुक अफ द नर्थ । फिल्मी बजार र व्यवसाय काल्पनिक संसारमा हराइरहेको वेला बास्तविक सत्य र यार्थथको रुपमा उद्बोधन भएको फिल्म हो ।

नानुक अफ द नर्थ क्यानडाको एउटा जनजातीहरुको जिवन शैलीलाई लिएर बनाइएको फिल्म हो । विषय बस्तु जति सरल छन् । तर निकै सिर्जनशिल र कलात्मक पनि छन् । डकुमेन्ट्री फिल्मको विषेशता नै मस्तिष्कलाई भन्दा ज्यादा हृदयलाई छुनु हो । सामान्य विषयवस्लुलाइ सिर्जनात्मक तथा कलात्मक अभिव्यक्तिद्धुारा बास्तविक सत्यको उद्घाटन गरी मानव हृदयलाई झङकृत पार्न फिल्मलाई डकुमेन्ट्री भन्न सन्छि । त्यो काम रोवटले गरे । यस भन्दा पहिले यो किसिमको साइलेन्ट डकुमेन्ट्री फिल्म बनेको थिएन् । यो नै पहिलो बन्यो ।“A bad instrument in the hands of a good artist tuns well” कुसल कलाकारको हातले विगे्रको सितारा बाट मधुर धुन निस्किन्छ । नानुक अफ द नर्थ यस्को प्रमाण हो ।

यो त्यहाका स्कीमो जातिको जीवन शैली, माया प्रेम, बातावरणीय परिवेश, मौसम तथा प्राकृतिक सुन्दरता संगै जीउनको लागी संर्घष, खानाको खोजी गदै जीवन गुजारा कसरी गरीएको छ भन्ने बारे जिवन्त चित्रण गरीएको छ । फिल्मको आयतन एक घण्टा अठार मिनेट पच्चिस सेकण्ड लामो भए नि अडियन्सलाई अन्तिम सम्म होल्ड गराउन सफल छ । नानुक र उनको परिवारको जीवन शैलि र र्दैनिकीलाई केन्द्रविन्दु मानेको यो डकुमेन्ट्री फिल्ममा अनेकै दृश्यले मानविय समवेदनको तारहरुलाइ हल्लाउछन् । कतै भावुक कतै ज्यादा रमाइलो त कतै अनैठो र असहस लाग्ने छ । पूर्ण शिकारी शैली, आइरसको घर, लत्ता कपडा, शिकार गर्ने तरिका,खानपानको दृश्य असाध्यै रमाइलो र अज्नवी पनि छ । तर यो फिल्ममा न कुनै पात्र बोलेको सुन्छि । नत न्यारेसननै छ । यो टोट्ली साइलेन्ट छ । यो डकुमेन्ट्री फिल्मको नैलो प्रयोग पनि हो । यो निमार्ण हुनुपूर्व थुप्रै डकुमेन्ट्री त बनेका थिए तर यस्तो धारमा यो पहिलो हो । त्यर्सैले यो डकुमेन्ट्री फिल्म मेकिङ्गको इतिहासमा फादर अफ डकुमेन्ट्री भएको हो ।

जनावर र मान्छेको सम्वन्ध, प्राकृतिसंगको समिप्य र संर्घषका जिवन्त तस्विर देखिन्छन् व्यागराउड र फोरगा्रउण्डमा । साथै स्कीमो जातीको संचार तथा सुचना प्रबाह प्रकिया र सिकाई अनि संस्कृतीको पनि सफल प्रतिविम्वन पाहिन्छ । त्यसैले यस्लाई एथनिक फिल्मका रुपमा पनि हेर्ने गरीन्छ । करिव दुई वर्ष अगाडी यु टुवमा अफलोड गरीएको यो एक लाख एक्काइस हजार एक सय सट्सठ्ठी जनाले हेरीसको छन् ।
काठमाण्डैका तारे होटलहरुमा हुस्कीका चुस्की संग फिल्मका कथा लेख्ने बानीलाई परिवर्तन गर्न सिर्जनात्क कार्य गर्न यो एउटा अचुक औषधी छ । यस्ले डकुमेन्ट्री फिल्मको परिभाषा दिन्छ । फिल्म यस्तो पनि हुदोँरहेछ र यसरी पनि बन्दो रहेछ । हुनत अहिले प्रविधिको चरम बिकासले गर्दा सहज भएको छ तर त्यो समयको यो फिल्मलाई हेर्दा हामीलाई आस्चार्य अवस्य बनाउछ । डकुमेन्ट्री फिल्मको स्पस्ट खाका, संरचना र सिद्धान्त विकास नभएको समयमा यस्तो ऐतिहासिक,शशक्त प्रतिनिधि फिल्म बन्नु चानचुने कुरा होइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP