Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
रोनाल्डोसँग मासिक ढेड कराेड तलब लिने गर्लफ्रेण्ड काे हुन्? – Sarangi News

काठमाडौं । चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोलाई विश्वकै धनी खेलाडीमा गनिन्छ । खेलकुदबाहेक उनी आफ्नो व्यक्तिगत जीवनका कारण पनि चर्चामा रहन्छन् । यसपटक उनी फेरी गर्लफ्रेन्ड जर्जिना रोड्रिग्वेजको कारण चर्चामा छन् ।

एक रिपोर्टका अनुसार रोनाल्डोले आफ्नी प्रेमिकालाई खर्चका लागि हरेक महिना १ करोड ३२ लाख रुपैयाँ पारिश्रमिक दिन्छन् । एल नेसिओनलले रोनाल्डोले गर्लफ्रेन्डलाई दिने पैसालाई तलब भनेको छ ।

एल नेसिओनलका अनुसार जर्जिना रोड्रिग्वेजलाई ‘छोराछोरीको हेरचाह र अन्य खर्च’का लागि प्रति महिना १ लाख युरो रकम दिइन्छ। यसअघि रोनाल्डोले प्रेमिका जर्जिनालाई अढाइ करोडको कार उपहार दिएका थिए । रोनाल्डो र जर्जिना विलासी जीवनशैली बिताइरहेका छन् । जसको झलक जर्जिनाको सोसल मिडिया अकाउन्टमा देख्न सकिन्छ । जर्जिना र रोनाल्डो सन् २०१७ देखि सँगै छन् ।

जर्जिना पेशाले मोडल हुन् । उनी धेरै ठूला ब्रान्डको विज्ञापनमा पनि देखा परेकी छिन् । इन्स्टाग्राममा उनका ३६ करोडभन्दा बढी फलोअर्स छन् । उनको हरेक तस्विरमा लाखौंले लाइक र कमेन्ट गर्छन् । हालै जर्जिनामाथि बनेको डकुमेन्ट्री ‘आई एम जर्जिना’ मा उनको जीवनका सबै पक्षको चर्चा गरिएको थियो ।

‘द मिरर’को रिपोर्टका अनुसार एक समय पसलमा काम गर्ने जर्जिनाको जीवन रोनाल्डोसँग जोडिएपछि पूरै परिवर्तन भयो । जर्जिना ७५ करोडको आलिशान महलमा बस्छिन्, ९० करोडको याटमा यात्रा गर्छिन् साथै बुगाटी, रोल्स रोयस र फेरारी जस्ता लक्जरी कारहरूमा यात्रा गर्छिन्।

उनको महलमा स्विमिङ पुल, जिम र फुटबल ग्राउन्ड पनि छन् । रिपोर्टका अनुसार उनी हवाई यात्राका लागि निजी जेट प्रयोग गर्छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP