Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बुधबार , असार ३, २०८३
बालगीत: घुमौँ भरतताल- रमेश प्रभात – Sarangi News

घुमौँ भरतताल

खाल्डो खने पानी जम्छ, पानी जमे ताल,
यस्तै ठाउँ घुम्ने भए जाऊँ भरतताल ।

काका पनि जानुभयो सँगै गई रीता
डुंगा चढी रमाइलो गरेँ भन्छे गीता
मान्छेले नै गर्दा रै‘छन् धरतीमा कमाल
फेवाताल घुमिसकेँ घुम्छु भरतताल ।

बाबालाई छुट्टी छैन व्यस्त आमा पनि
परीक्षा छ पढ्नुपर्ने भयो मलाई पनि
यसपालि फुर्सत छैन जान्छु अर्को साल
घुम्ने रहर पालेको छु मैले भरतताल ।

 

चितवन 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP