Trend
सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||   सामुदायिक विद्यालयका शिक्षकका लागि सूचना प्रविधि तालिम सम्पन्न  ||   नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता सम्पन्न।  ||  
सोमबार , भाद्र २९, २०८३
नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण – Sarangi News

पोखरा, साउन १४ गते । नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाको आयोजनामा लक्ष्मीआदर्श माध्यमिक विद्यालय परिसरमा वृक्षरोपण कार्यक्रम बिहिवार सम्पन्न भएको छ ।

वातावरण संरक्षण तथा हरित अभियानलाई प्रवन गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रमको सभापतित्व उपशाखाका सभापति बोधराज लामिछानेले गरेका थिए भने सञ्चालन उपशाखाका सचिव प्रभा लामिछानेले गरेकी थिइन् । कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका उपमन्त्री तथा जुनियर/युवा रेडक्रस समिति कास्कीका संयोजक डिल्लीराम बरालले रेडक्रसले सञ्चालन गर्दै आएका वृक्षरोपण, रक्तदान, तालिम तथा विभिन्न प्रतियोगितात्मक र सामाजिक कार्यक्रमहरूले कास्की जिल्लामा मानवीय सेवा, स्वयम्‌सेवा र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरे । बरालले विद्यालयस्तरमा गठन भएका जुनियर तथा युवा रेडक्रस सर्कलमार्फत विद्यार्थीहरूमा सेवा, अनुशासन, सहकार्य, नेतृत्व विकास र मानवताको भावना अभिवृद्धि भएको बताउँदै लक्ष्मी आदर्श माध्यमिक विद्यालय परिवारलाई धन्यवाद व्यक्त गरे । उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिवमणि भण्डारी, कार्यक्रम संयोजक इन्दिरा लामिछाने, शिक्षक अभिभावक सङ्घका अध्यक्ष उत्तमप्रकाश बराल, कोषाध्यक्ष विष्णुकुमारी लामिछाने, सल्लाहकार गोपालमणि लामिछाने, सिर्जना लामिछाने, महिला सदस्य सीता पौडेल सापकोटाले वृक्षरोपण कार्यक्रम बिरुवा रोप्नका लागि मात्र नभई विद्यालय र समुदायमा वातवरणप्रतिको सचेतना फैलाउने अभियानसमेत रहेको कुरामा जोड दिए  । उक्त कार्यक्रममा विद्यालयका शिक्षक/कर्मचारी तथा जुनियर युवा रेडक्रस स्वयम् सेवकको समेत सहभागिता रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमले विद्यालय र रेडक्रसबिचको सहकार्य तथा समझदारीलाई अझ सुदृढ बनाउनुका साथै वातावरण संरक्षण, हरियाली प्रवर्धन र स्वच्छ पर्यावरण निर्माणप्रति विद्यार्थी तथा समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको विश्वास गरिएको छ । यस्ता रचनात्मक कार्यक्रमले भावी पुस्तामा प्रकृतिप्रतिको जिम्मेवारी, स्वयम्‌सेवाको संस्कार र मानवीय सेवाको भावना विकास गर्न उल्लेखनीय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 61 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP