Trend
लममजुङको मर्स्याङ्दी गाउपालिका भुलभुलेमा आयोजित छैटौ हामखोला झरना महोत्सवका तस्वीरहरु।  ||   थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा  ||   शिवालय मा. वि. मा हाजिरीजवाफ प्रतियोगिता  ||   श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||  
सोमबार , साउन २५, २०८३
साहित्य शृङ्खलामा पारिजातको स्मृति – Sarangi News

पोखरा । साहित्य शृङ्खला, पोखराको २३५ औं नियमित रचना वाचनको शृङ्खला एवम् २९ औं पारिजात स्मृतिको अवसरमा  पारिजातको व्यक्तित्व र कृतित्वमाथि परिचर्चा शनिबार सम्पन्न भएको छ ।

पारिजातको जीवनी, कृतिहरूमाथि वरिष्ठ साहित्यकार एवम् समालोचक प्राध्यापक डाक्टर रविलाल अधिकारिले चर्चा गरेका थिए । पारिजात शारीरिक रूपमा अशक्त भए पनि  त्यसलाई आफ्नो सपनाको बाधक बन्न नदिई साहित्य सृजना निरन्तर गर्दै आफ्नो जीवन नेपाली साहित्यलाई पूरै दिएको प्रसङ्ग उल्लेख अधकारीले उल्लेख गरे । प्रकृतिलाई माया गर्ने, सौन्दर्यप्रेमी , सुधारवादी, मानवतावादी सोच भएकी पारिजात साहित्य लेखन, समाजसेवामा सक्रिय रहिरहने महिला हस्ती भएको र सम्पूर्ण महिलाहरूका लागि प्रेरणाको स्रोतका रूपमा अधिकारीले चिनाए ।

      साहित्य शृङ्खलाका संस्थापक परिकल्पनाकार धनप्रसाद तामाङले पारिजात आफू पनि सशक्त महिला हस्ती, त्यसमाथि पनि कम्युनिस्ट आन्दोलनका हिरो निर्मल लामाको सङ्गतले अझै उनलाई विचारमा परिपक्वता ल्याउन मदत पुगेको बताए ।

    शृङ्खलाका सल्लाहकार एवम् परिश्रमी प्रतिभा पुरस्कारका संस्थापक नारायण परिश्रमीले अङ्ग्रेजी भाषामा पारिजातको यथार्थ जीवनी,  कृतिबारे चर्चा गरेका थिए ।

         कार्यक्रममा कवि नुमराज बराल, छन्दिका, छन्दमणि,  गीताञ्जली साहित्य परिवारका अध्यक्ष  रामनाथ अधिकारी सँगी, निवर्तमान अध्यक्ष लोकनाथ पुडासैनी र सल्लाहाकार बिष्णु अल्पविराम, गी तिवारी,  चन्द्रावती वाग्ले, सन्तोष  न्यौपाने, सन्तोष पौडेल, प्रबिना पौडेल, संस्थाका कोषाध्यक्ष लक्ष्मण गौतम हिमालीलगायतले आफ्ना तथा पारिजातका सिर्जना सुनाएका थिए ।

   संस्थाका उपाध्यक्ष एवम् सृजना आलोक शृङ्खलाका सम्पादक ताराप्रसाद तिमिल्सिनाले स्वागत मन्तव्यका साथ हातमा घडी छु… रमाइलो प्यारोडी गीत गाएर सुरुमै हल तताएका थिए ।

संगम सांस्कृतिक मन्च, नेपालका सचिव विकास लुङ्गेली र डिबी बान्तवाले साङ्गीतिक प्रस्तुति राखेका कार्यक्रमको साञ्चालन सचिव काजी गाउँले गरेका थिए भने अध्यक्षता शृङ्खलाकी अध्यक्ष लक्ष्मी थापाले गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP