Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
आइतबार , बैसाख ६, २०८३
खलिल जिब्रानका तीन लघुकथा: ब्वाँसो र भेंडा… – Sarangi News

खलिल जिब्रानका तीन लघुकथा

१. ब्वाँसो र भेंडा
एउटा उदार ब्वाँसोले निर्दोष भेंडालाई सोध्यो, “के तिमी कहिल्यै हाम्रो घरमा आएर हाम्रो गौरव बढाउँदैनौँ ?” भेंडाले जवाफ दिँदै भन्यो, “तपाईंको घरमा आउन पाउँदा हामी साँच्चै नै गौरवान्वित हुन्थ्यौँ, यदि हामी तपाईंको पेटभित्र जान नपर्ने भए …।”

२. स्याल

एउटा स्यालले सूर्योदयको बेला आफ्नो छाया देख्यो र भन्यो, “आज दिउँसोको खानामा म ऊँट खानेछु।” दिनभरि ऊ ऊँटको खोजीमा जुट्यो। साँझ पर्नुभन्दा पहिला उसले फेरि आफ्नो छाया देख्यो र भन्यो, “अब त एउटा मुसाले पनि काम चल्छ।”

३. स्वतन्त्रता

उसले मलाई भन्यो, “कुनै दास सुतिरहेका छन् भने उसलाई ब्युँझाऔँ, सायद उसले स्वतन्त्रताको सपना देखिरहेको हुनुपर्छ।” मैले भनेँ, “यदि कुनै दास सुतिरहेका छन् भने उसलाई ब्युँझाऔँ र स्वतन्त्रताको महत्वका बारेमा उसलाई बताऔँ।”

खेम थपलियाकाे फेसबुकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भेटीबाट सङ्कलित रकमबाट बालगृहमा अक्षयकोष

महिला लघुवित्तद्वारा देशभर वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन

भाषा शिक्षक परिषद्को १६ औँ साधारण सभा, प्रा. डा. पोखरेल सम्मानित

समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना

नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम

समिभञ्ज्याङमा चैते दसैँको अवसरमा हाफ अल्ट्रा म्याराथन सम्पन्न


TOP