खलिल जिब्रानका तीन लघुकथा: ब्वाँसो र भेंडा… – Sarangi News

खलिल जिब्रानका तीन लघुकथा

१. ब्वाँसो र भेंडा
एउटा उदार ब्वाँसोले निर्दोष भेंडालाई सोध्यो, “के तिमी कहिल्यै हाम्रो घरमा आएर हाम्रो गौरव बढाउँदैनौँ ?” भेंडाले जवाफ दिँदै भन्यो, “तपाईंको घरमा आउन पाउँदा हामी साँच्चै नै गौरवान्वित हुन्थ्यौँ, यदि हामी तपाईंको पेटभित्र जान नपर्ने भए …।”

२. स्याल

एउटा स्यालले सूर्योदयको बेला आफ्नो छाया देख्यो र भन्यो, “आज दिउँसोको खानामा म ऊँट खानेछु।” दिनभरि ऊ ऊँटको खोजीमा जुट्यो। साँझ पर्नुभन्दा पहिला उसले फेरि आफ्नो छाया देख्यो र भन्यो, “अब त एउटा मुसाले पनि काम चल्छ।”

३. स्वतन्त्रता

उसले मलाई भन्यो, “कुनै दास सुतिरहेका छन् भने उसलाई ब्युँझाऔँ, सायद उसले स्वतन्त्रताको सपना देखिरहेको हुनुपर्छ।” मैले भनेँ, “यदि कुनै दास सुतिरहेका छन् भने उसलाई ब्युँझाऔँ र स्वतन्त्रताको महत्वका बारेमा उसलाई बताऔँ।”

खेम थपलियाकाे फेसबुकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP