Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बुधबार , असार ३, २०८३
हिमाली साँस्कृतिक परिवारको नयाँवर्ष शुभकामना आदान प्रदान, दिदिबहिनी समुहमा मनसुबा नेपाली – Sarangi News

पोखरा l 
नेपाली लोक सँस्कृति संरक्षण र विकासका लागि क्रियाशिल हिमाली साँस्कृतिक परिवारले नयाँवर्ष २०७९ आगमनको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।

रजत जयन्ती वर्षमा प्रवेश गरेको साँस्कृतिक परिवारले शनिवार आफ्नो कार्यसमिति, संरक्षक, मानार्थ सदस्य, सल्लाहकार र कलाकारहरुका बिच शुभकामना आदान प्रदानसहित बनभोज कार्यक्रम सम्पन्न गरेको हो।

शुभकामना कार्यक्रमसहित संस्थाको उद्धेश्य परिपुर्ति गर्न थप पहलका लागि हिमाली साँस्कृतिक परिवार दिदिबहिनी समुह गठन गरिएको छ। समितिको अध्यक्षमा मनसुबा नेपाली, उपाध्यक्षमा सविना गुरुङ, सचिवमा इश्वरी राना गुरुङ, सहसचिवमा नितु गुरुङ(ए), कोषाध्यक्षमा दिपा गुरुङ, सहकोषाध्यक्ष हेमा परियार र सदस्यहरुमा सजिना गुरुङ, नितु गुरुङ(बी),दिपिका गुरुङ,कविता गुरुङ र रञ्जु बालकोटी रहनु भएको छ।

यसरी नै कार्यक्रममा आयोजित म्युजिकल चेयर महिलातर्फ कोमल तामाङ विजेता, प्रकृति गुरुङ दोश्रो र प्राप्ती तुलाचन तेश्रो हुदै पुरस्कृत भए भने पुरुषतर्फ सनबहादुर गुरुङ प्रथम, दिपक थापा द्धितिय र करिब घलान तृतिय हुदै पुरस्कृत भएका थिए।

हिमाली साँस्कृतिक परिवारका कलाकारहरुले विविध साँस्कृतिक प्रस्तुति गरेको उक्त कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाले शुभकामना व्यक्त गर्नुभएको थियो भने सांस्कृतिक एवम खेलसहितको मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन सहसचिव माधव गुरुङले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP