हिमाली साँस्कृतिक परिवारको नयाँवर्ष शुभकामना आदान प्रदान, दिदिबहिनी समुहमा मनसुबा नेपाली – Sarangi News

पोखरा l 
नेपाली लोक सँस्कृति संरक्षण र विकासका लागि क्रियाशिल हिमाली साँस्कृतिक परिवारले नयाँवर्ष २०७९ आगमनको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।

रजत जयन्ती वर्षमा प्रवेश गरेको साँस्कृतिक परिवारले शनिवार आफ्नो कार्यसमिति, संरक्षक, मानार्थ सदस्य, सल्लाहकार र कलाकारहरुका बिच शुभकामना आदान प्रदानसहित बनभोज कार्यक्रम सम्पन्न गरेको हो।

शुभकामना कार्यक्रमसहित संस्थाको उद्धेश्य परिपुर्ति गर्न थप पहलका लागि हिमाली साँस्कृतिक परिवार दिदिबहिनी समुह गठन गरिएको छ। समितिको अध्यक्षमा मनसुबा नेपाली, उपाध्यक्षमा सविना गुरुङ, सचिवमा इश्वरी राना गुरुङ, सहसचिवमा नितु गुरुङ(ए), कोषाध्यक्षमा दिपा गुरुङ, सहकोषाध्यक्ष हेमा परियार र सदस्यहरुमा सजिना गुरुङ, नितु गुरुङ(बी),दिपिका गुरुङ,कविता गुरुङ र रञ्जु बालकोटी रहनु भएको छ।

यसरी नै कार्यक्रममा आयोजित म्युजिकल चेयर महिलातर्फ कोमल तामाङ विजेता, प्रकृति गुरुङ दोश्रो र प्राप्ती तुलाचन तेश्रो हुदै पुरस्कृत भए भने पुरुषतर्फ सनबहादुर गुरुङ प्रथम, दिपक थापा द्धितिय र करिब घलान तृतिय हुदै पुरस्कृत भएका थिए।

हिमाली साँस्कृतिक परिवारका कलाकारहरुले विविध साँस्कृतिक प्रस्तुति गरेको उक्त कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाले शुभकामना व्यक्त गर्नुभएको थियो भने सांस्कृतिक एवम खेलसहितको मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन सहसचिव माधव गुरुङले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP