रुस-युक्रेन युद्ध: रुसद्वारा मारियोपोलमा युद्धविरामको घोषणा – Sarangi News

रुसले मारियोपोलमा नागरिकलाई युद्ध क्षेत्रबाट बाहिर निकाल्नका लागि युद्धविरामको घोषणा गरेको छ । यद्यपि, युक्रेनकी उप–प्रधानमन्त्री इरिना वेरेशचुकले उद्धारका लागि अन्तर्राष्ट्रिय ग्यारेन्टी आवश्यक रहेको बताएकी छिन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस यसै साता युक्रेन भ्रमणमा जाने भएका छन् । यसैबीच, भिन्नेसियाका गभर्नर सेरही बोर्जोभले रुसले महत्वपूर्ण स्थानहरुलाई निशाना बनाएको र यसैका कारण मृत्यु भइरहेको बताएका छन् ।

रुसको दोस्रो ठूलो सहर खार्किभ, पूर्वी डोनबास, पश्चिमी प्रान्त ल्भिभ र रिभ्नेमा पनि गोली चलेको खबर आएको छ । युक्रेनको वायुसेनाले खार्किभ क्षेत्रमा रुसी विमान खसालेको दाबी गरेको छ, यद्यपि पाइलट बाहिर निस्कन सफल भएका छन् ।

अर्कोतर्फ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सीआईए र अन्य विदेशी गुप्तचर निकायले रुसमा आतंकवादी हमलाको योजना बनाएको आरोप लगाएका छन् ।पुटिनले अमेरिका र युरोपले अनौठो कूटनीति गरिरहेको र युक्रेनमा हतियार पठाइरहेको बताए ।

युक्रेन युद्धमा रुस असफल भयो : अमेरिका

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसले युक्रेनका केही भागमा क्रूरता देखाएको तर आफ्नो युद्धको उद्देश्यमा असफल भएको बताएका छन् । युक्रेन भ्रमणका क्रममा विदेशमन्त्री ब्लिन्केनले सो धारणा राखेका हुन् ।

उनले आइतबार किभमा राष्ट्रपति जेलेन्स्कीसँगको भेट गरेका थिए । विदेशमन्त्रीसँगै रक्षामन्त्री लोयड अस्टिन पनि युक्रेन भ्रमणमा छन् । युक्रेनले रुसी हमलाको प्रतिकार गर्न अमेरिकासँग सैन्य हतियार माग गरिरहेका बेला दुई अमेरिकी उच्च अधिकारी आइतकार युक्रेनको राजधानी किभ पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

११ औं बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड शुरु।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

६२ बर्षिय सानु नानी घर्तिको हत्यारा सार्वजनिक।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP