Trend
श्रावण महिनाको अन्तिम सोमबार शिवरात्रीको छनक ईशानेश्वर महादेव मन्दिरमा।  ||   लममजुङको मर्स्याङ्दी गाउपालिका भुलभुलेमा आयोजित छैटौ हामखोला झरना महोत्सवका तस्वीरहरु।  ||   थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा  ||   शिवालय मा. वि. मा हाजिरीजवाफ प्रतियोगिता  ||   श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||  
मंगलबार , साउन २६, २०८३
रुस-युक्रेन युद्ध: रुसद्वारा मारियोपोलमा युद्धविरामको घोषणा – Sarangi News

रुसले मारियोपोलमा नागरिकलाई युद्ध क्षेत्रबाट बाहिर निकाल्नका लागि युद्धविरामको घोषणा गरेको छ । यद्यपि, युक्रेनकी उप–प्रधानमन्त्री इरिना वेरेशचुकले उद्धारका लागि अन्तर्राष्ट्रिय ग्यारेन्टी आवश्यक रहेको बताएकी छिन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस यसै साता युक्रेन भ्रमणमा जाने भएका छन् । यसैबीच, भिन्नेसियाका गभर्नर सेरही बोर्जोभले रुसले महत्वपूर्ण स्थानहरुलाई निशाना बनाएको र यसैका कारण मृत्यु भइरहेको बताएका छन् ।

रुसको दोस्रो ठूलो सहर खार्किभ, पूर्वी डोनबास, पश्चिमी प्रान्त ल्भिभ र रिभ्नेमा पनि गोली चलेको खबर आएको छ । युक्रेनको वायुसेनाले खार्किभ क्षेत्रमा रुसी विमान खसालेको दाबी गरेको छ, यद्यपि पाइलट बाहिर निस्कन सफल भएका छन् ।

अर्कोतर्फ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सीआईए र अन्य विदेशी गुप्तचर निकायले रुसमा आतंकवादी हमलाको योजना बनाएको आरोप लगाएका छन् ।पुटिनले अमेरिका र युरोपले अनौठो कूटनीति गरिरहेको र युक्रेनमा हतियार पठाइरहेको बताए ।

युक्रेन युद्धमा रुस असफल भयो : अमेरिका

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसले युक्रेनका केही भागमा क्रूरता देखाएको तर आफ्नो युद्धको उद्देश्यमा असफल भएको बताएका छन् । युक्रेन भ्रमणका क्रममा विदेशमन्त्री ब्लिन्केनले सो धारणा राखेका हुन् ।

उनले आइतबार किभमा राष्ट्रपति जेलेन्स्कीसँगको भेट गरेका थिए । विदेशमन्त्रीसँगै रक्षामन्त्री लोयड अस्टिन पनि युक्रेन भ्रमणमा छन् । युक्रेनले रुसी हमलाको प्रतिकार गर्न अमेरिकासँग सैन्य हतियार माग गरिरहेका बेला दुई अमेरिकी उच्च अधिकारी आइतकार युक्रेनको राजधानी किभ पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP