Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बुधबार , असार ३, २०८३
आइमाई अर्थात उप ! – Sarangi News

आइमाई अर्थात उप ! – बलराम तिमिल्सिना 
******

आजसम्म
तिम्रो भूमिका उपकै छ !

तिमी घरमा उप
तिमी समाजमा उप
तिमी गाउमा उप
तिमी सहरमा उप
विद्यालय, मठ मन्दिर
अड्डा अदालत
सबै स्थानमा तिम्रो दर्जा उप !

तिमी आधा मान्छे
त्यसैले तिमी उप
समाजवादउन्मुख गणतन्त्रमा पनि
तिमी निगाह बक्सले उप !

जहिलेसम्म
तिमी विद्रोह गर्ने छैनौ
तिम्रो उप भूमिका प्रति
र कृतज्ञतापूर्वक भनिरहने छ्यौ-
थ्याङ्क यु पुरुष महोदय
तहिलेसम्म तिमी
दोश्रो दर्जाकी मान्छे
आइमाई अर्थात उप ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP