Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बिहिबार , असार ४, २०८३
यसै त गर्मी, त्यसमाथि सुष्मा अधिकारीको ‘हट’ फोटोसुट ! बाफ्रे ! (१० तस्वीरहरू) – Sarangi News

भोजपुरी इन्डस्ट्रीकी ग्ल्यामरस नायिका सुष्मा अधिकारीले गुलाबी रंगको बिकिनीमा निकै बोल्ड तस्विरहरु सेयर गरेर फ्यानहरुलाई दिवाना बनाएकी । सुष्माका तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । अभिनेत्रीको यो अवतारमा फ्यानहरुले तारिफ गरिरहेका छन् ।  टाइम्स अफ इन्डिया जी न्यूजले  उनका हट तस्विरहरू  प्रकाशित गरेकाे छ ।

नेपाली फिल्म अनौठो प्रेमकथाबाट फिल्मि क्षेत्रमा डेब्यू गरेकी अधिकारीको दोस्रो फिल्म ‘पीपल’ हो तर यी दुवै फिल्महरू व्यवसायिक रुपमा धेरै ठूलो व्यापार भने गर्न सकेनन् । अधिरकारीकै भनाईमा अनौठो प्रेम कथा गोपिकृष्ण फिल्म हलमा दुई हप्तासम्म राम्रोसँग चलेको थियो ।

फिल्मको लगानी खासै ठूलो नभएपनि उक्त फिल्मले आफ्नो लगानी उठाउन सफल भएको थियो । तीनसय बढि म्यूजिक भिडियोमा काम गरिसकेकी अधिकारीकाे भोजपुरीमा दिवाना-२ तथा जय मधेश मा अभिनय गरेकी छिन् । म्युजिक भिडियोहरुमा भने सुष्माको क्रेज लोभलाग्दो छ ।

सुष्मालाई आफ्नो फिगर मेन्टेन गर्न सक्ने अभिनेत्रीको रूपमा लिइन्छ । थुप्रै विज्ञापनमा समेत काम गरेकी उनी स्टेज कार्यक्रमका लागि पनि त्यति नै चर्चित छिन् । देश तथा विदेशका कार्यक्रमको अनुभव सँगाली सकेकी उनी स्टेज कार्यक्रमबाट पनि राम्रो आम्दानी हुने बताउँछिन् ।

अधिकारी इन्स्टा र फेसबुकमा अपडेट भइरहन्छिन् । ती तस्विरहरु अहिले चर्चामा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP