Trend
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।  ||   रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो)  ||   आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।  ||   भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।  ||   लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।  ||   आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।  ||   लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना  ||   किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने  ||  
मंगलबार , अषोज २८, २०८२
यसै त गर्मी, त्यसमाथि सुष्मा अधिकारीको ‘हट’ फोटोसुट ! बाफ्रे ! (१० तस्वीरहरू) – Sarangi News

भोजपुरी इन्डस्ट्रीकी ग्ल्यामरस नायिका सुष्मा अधिकारीले गुलाबी रंगको बिकिनीमा निकै बोल्ड तस्विरहरु सेयर गरेर फ्यानहरुलाई दिवाना बनाएकी । सुष्माका तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । अभिनेत्रीको यो अवतारमा फ्यानहरुले तारिफ गरिरहेका छन् ।  टाइम्स अफ इन्डिया जी न्यूजले  उनका हट तस्विरहरू  प्रकाशित गरेकाे छ ।

नेपाली फिल्म अनौठो प्रेमकथाबाट फिल्मि क्षेत्रमा डेब्यू गरेकी अधिकारीको दोस्रो फिल्म ‘पीपल’ हो तर यी दुवै फिल्महरू व्यवसायिक रुपमा धेरै ठूलो व्यापार भने गर्न सकेनन् । अधिरकारीकै भनाईमा अनौठो प्रेम कथा गोपिकृष्ण फिल्म हलमा दुई हप्तासम्म राम्रोसँग चलेको थियो ।

फिल्मको लगानी खासै ठूलो नभएपनि उक्त फिल्मले आफ्नो लगानी उठाउन सफल भएको थियो । तीनसय बढि म्यूजिक भिडियोमा काम गरिसकेकी अधिकारीकाे भोजपुरीमा दिवाना-२ तथा जय मधेश मा अभिनय गरेकी छिन् । म्युजिक भिडियोहरुमा भने सुष्माको क्रेज लोभलाग्दो छ ।

सुष्मालाई आफ्नो फिगर मेन्टेन गर्न सक्ने अभिनेत्रीको रूपमा लिइन्छ । थुप्रै विज्ञापनमा समेत काम गरेकी उनी स्टेज कार्यक्रमका लागि पनि त्यति नै चर्चित छिन् । देश तथा विदेशका कार्यक्रमको अनुभव सँगाली सकेकी उनी स्टेज कार्यक्रमबाट पनि राम्रो आम्दानी हुने बताउँछिन् ।

अधिकारी इन्स्टा र फेसबुकमा अपडेट भइरहन्छिन् । ती तस्विरहरु अहिले चर्चामा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP