Trend
लममजुङको मर्स्याङ्दी गाउपालिका भुलभुलेमा आयोजित छैटौ हामखोला झरना महोत्सवका तस्वीरहरु।  ||   थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा  ||   शिवालय मा. वि. मा हाजिरीजवाफ प्रतियोगिता  ||   श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||  
सोमबार , साउन २५, २०८३
स्वर्णिम चादनीको झरी कविता – कति पर्छ यो झरी? – Sarangi News

बहिरो हुन मन लागेर आउछ
यो हुरी,बतास र आधीको रातमा खुब अत्यास लागेर आउछ!
नया बिहानीको अपेक्षामा रहेका यी मेरा
अनिला रातहरु!
फेरि,
भारी बर्षात लिएर आउछन्।
रातभरि निस्सासिएर रहदै गरेकी म,
आफैभित्र उकुसमुकुस भएर रहन
बाध्य हुन्छु।
त्यो पारीको दरमले पनि आफ्नो सतह नाधेको छ आज,
बीच सफरबाट फर्केका मेरा पाईलाहरु,
आफ्नै तरहले फर्किन्छन्!
लुकाउनु पनि छैन मेरा गन्तव्यहरु!
न स्तव्ध हुनु नै छ।
यहि लहलहैमा बगेका ती बतासका झोक्काहरु
बयली खेलिरहन्छन्-
दिनभरि मेरा आखा वरिपरी रातभरि मेरो मस्तिष्क वरिपरि…!
बास् झरीको समाप्तीमा छन्
यी मेरा —-
निर्दोष आखाहरु…….!
गलकोट बागलुङ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP