स्वर्णिम चादनीको झरी कविता – कति पर्छ यो झरी? – Sarangi News

बहिरो हुन मन लागेर आउछ
यो हुरी,बतास र आधीको रातमा खुब अत्यास लागेर आउछ!
नया बिहानीको अपेक्षामा रहेका यी मेरा
अनिला रातहरु!
फेरि,
भारी बर्षात लिएर आउछन्।
रातभरि निस्सासिएर रहदै गरेकी म,
आफैभित्र उकुसमुकुस भएर रहन
बाध्य हुन्छु।
त्यो पारीको दरमले पनि आफ्नो सतह नाधेको छ आज,
बीच सफरबाट फर्केका मेरा पाईलाहरु,
आफ्नै तरहले फर्किन्छन्!
लुकाउनु पनि छैन मेरा गन्तव्यहरु!
न स्तव्ध हुनु नै छ।
यहि लहलहैमा बगेका ती बतासका झोक्काहरु
बयली खेलिरहन्छन्-
दिनभरि मेरा आखा वरिपरी रातभरि मेरो मस्तिष्क वरिपरि…!
बास् झरीको समाप्तीमा छन्
यी मेरा —-
निर्दोष आखाहरु…….!
गलकोट बागलुङ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP