Trend
लममजुङको मर्स्याङ्दी गाउपालिका भुलभुलेमा आयोजित छैटौ हामखोला झरना महोत्सवका तस्वीरहरु।  ||   थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा  ||   शिवालय मा. वि. मा हाजिरीजवाफ प्रतियोगिता  ||   श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||  
सोमबार , साउन २५, २०८३
कमरेड सतिसालको कविता- भोटको आयु – Sarangi News

भोटको आयु
—————

एक क्षण
सार्वभौम मालिक बाँच्दछ भोट

अर्को क्षण
जाँच्न शुरुहुन्छ उसको इन्चीइन्ची आयु

गडगडाहट तालीपछि
सक्किजान्छ भोटको परिचय
सकिन्छ भोटको सार्वभौम आयु

अन्ततः
भोटकै टाउकोमाथि टेकेर
उदाउँछ एउटा नव शासक

शासकले बनाउँछ
आफ्नो अनुकूलताको सत्ता
र बाँच्दछ शासकीय आलीशान जीवन

दिवङ्गत भोटहरू
निराशाको पार्थिव शरीर बोकेर
फर्किन्छन् पूर्ववत्
र गरिरहन्छन्
कान्लोमुनि ट्वारट्वार ट्वारट्वार

र, भोट फेरि कुरिबस्छ
अर्को पाँच वर्षे लामो गौँडा
ता कि
फेरि ऊ अर्को एक क्षण
सर्वभौम मालिक बाँच्न सकोस्

*******

– कृष्ण विश्वकर्मा ‘कमरेड सतिसाल’
भरतपुर महानगरपालिका-११, चितवन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP