दीपाको ‘दियोको अन्तिम लप्का र शरद्का पहेँला पातहरू’ सार्वजनिक – Sarangi News

 पोखरा  । कवि दीपा राई पुनले चौथो कविता सङ्ग्रह सार्वजनिक  प्रकाशित गरेकी छिन् । शनिबार मण्डला थिएटरमा एक कार्यक्रम गरी ‘दियोको अन्तिम लप्का र शरद्का पहेँला पातहरू’ कविता संग्रह सार्वजनिक गरेकी हुन् ।

कवि तुलसी दिवस, कविकी आमा विमला राई, नेपाली वाङमयका साक्षी खगेन्द्र लुईँटेल, साहित्य शिल्पी प्रगति राई, कवि स्वयं दीपा राई पुन र विप्लव प्रतीकले कविताकृतिको लोकार्पण गरे । लोकार्पित सङ्ग्रह आउने हप्ताभित्र पुस्तकपसलहरूमा सर्वसुलभ पाइनेछ । कविता संग्रह ‘वी रिड’ले प्रकाशन गरेका हुन् ।

कार्यक्रममा कवि तुलसी दिवसले कवि पुनको कविता संग्रह एकदमै मन परेको बताए । उने भने, ‘मलाई दीपाका कविता पढ्दा ईष्र्या महसुस भएको छ, उनका बान्की परेका कविता पढ्दा । मलाई यो सङ्ग्रह यति मन परेको छ, अरूलाई मन नपर्ने त कुरै हुँदैन ।’

यस्तै विडका तर्फका सुनिति अमात्यले संग्रह नेपाली वाङ्मयमा याे कविताकृति रूचिपूर्वक पढिने बताइन् । उनले भनिन्,‘दियोको अन्तिम लप्का र शरद्का पहेँला पातहरू त्यसैको उदाहरण हो । सम्भवत यो काव्य सङ्ग्रह नेपाली वाङ्मयमा रूचिपूर्वक पढिनेछ ।’

कवि सँगै गीतकारका रूपमा समेत उनी चर्चित छिन् । उनको गीति एल्बम ‘प्रतिरूप’ समेत प्रकाशित छ । हाल अमेरिकाको बोस्टनमा बस्दै आएकी उनी नेपाल आएको हरेक पल्ट कला, साहित्य र संगितका क्षेत्रमा नयाँ कुरा पस्किँन्दै आएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

११ औं बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड शुरु।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

६२ बर्षिय सानु नानी घर्तिको हत्यारा सार्वजनिक।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP