Trend
लममजुङको मर्स्याङ्दी गाउपालिका भुलभुलेमा आयोजित छैटौ हामखोला झरना महोत्सवका तस्वीरहरु।  ||   थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा  ||   शिवालय मा. वि. मा हाजिरीजवाफ प्रतियोगिता  ||   श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||  
सोमबार , साउन २५, २०८३
दीपाको ‘दियोको अन्तिम लप्का र शरद्का पहेँला पातहरू’ सार्वजनिक – Sarangi News

 पोखरा  । कवि दीपा राई पुनले चौथो कविता सङ्ग्रह सार्वजनिक  प्रकाशित गरेकी छिन् । शनिबार मण्डला थिएटरमा एक कार्यक्रम गरी ‘दियोको अन्तिम लप्का र शरद्का पहेँला पातहरू’ कविता संग्रह सार्वजनिक गरेकी हुन् ।

कवि तुलसी दिवस, कविकी आमा विमला राई, नेपाली वाङमयका साक्षी खगेन्द्र लुईँटेल, साहित्य शिल्पी प्रगति राई, कवि स्वयं दीपा राई पुन र विप्लव प्रतीकले कविताकृतिको लोकार्पण गरे । लोकार्पित सङ्ग्रह आउने हप्ताभित्र पुस्तकपसलहरूमा सर्वसुलभ पाइनेछ । कविता संग्रह ‘वी रिड’ले प्रकाशन गरेका हुन् ।

कार्यक्रममा कवि तुलसी दिवसले कवि पुनको कविता संग्रह एकदमै मन परेको बताए । उने भने, ‘मलाई दीपाका कविता पढ्दा ईष्र्या महसुस भएको छ, उनका बान्की परेका कविता पढ्दा । मलाई यो सङ्ग्रह यति मन परेको छ, अरूलाई मन नपर्ने त कुरै हुँदैन ।’

यस्तै विडका तर्फका सुनिति अमात्यले संग्रह नेपाली वाङ्मयमा याे कविताकृति रूचिपूर्वक पढिने बताइन् । उनले भनिन्,‘दियोको अन्तिम लप्का र शरद्का पहेँला पातहरू त्यसैको उदाहरण हो । सम्भवत यो काव्य सङ्ग्रह नेपाली वाङ्मयमा रूचिपूर्वक पढिनेछ ।’

कवि सँगै गीतकारका रूपमा समेत उनी चर्चित छिन् । उनको गीति एल्बम ‘प्रतिरूप’ समेत प्रकाशित छ । हाल अमेरिकाको बोस्टनमा बस्दै आएकी उनी नेपाल आएको हरेक पल्ट कला, साहित्य र संगितका क्षेत्रमा नयाँ कुरा पस्किँन्दै आएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP