Trend
लममजुङको मर्स्याङ्दी गाउपालिका भुलभुलेमा आयोजित छैटौ हामखोला झरना महोत्सवका तस्वीरहरु।  ||   थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा  ||   शिवालय मा. वि. मा हाजिरीजवाफ प्रतियोगिता  ||   श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||  
सोमबार , साउन २५, २०८३
साया किरणको कविता : रजस्वला एक नयाँ युगको सुरुवात – Sarangi News

रजस्वला एक नयाँ युगको सुरुवात- साया किरण

म युग जन्माइरहेछु
तिमि मलाइ छाउमा थुनिरहेछौ
एउटा युग जन्माउने मान्छेलाई !
मेरो रगत बगिरहेछ
तिमी मलाइ लाजको व्यंग भिराइरहेछौ
त्यही रगत ? जसमा तिमिले जीवन पायौ !

छाउको चिसोले मरिरहे म
मरिरहे सर्पको डसाइले
त्यो भन्दा धेरै मरे म
समाजको डसाइले
बलात्कार र हेय सहितको जीवन बाचेर मरे
कहिले मरेर बाँचिरहे
कहिले बाँचेर मरिरहे

अब मलाइ स्विकार्य छैन यो ढोङी रितिरिवाज
म बन्धन तोड्दै छु,
सदियौँ देखि मलाइ जेलेर राखेको दासताको बन्धन

म महिला हुँ
रजस्वलामा योनिबाट रगत मात्र बग्दैन महाशय
पाठेघर हुँदै आगोको फाल्सा बग्छ
ज्वालामुखी बग्छ र बग्छ एउटा नयाँ युग
प्रत्येक महिना मरेर बाचेकी म
जब मर्न बिर्सिदिने छु
जब मेरो रगत बग्न रोकिने छ
तब रोकिने छ यो युग
रोकिने छ मानव विकासक्रम
अब भन महाशय यो युग कसले जन्मायो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP