Trend
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।  ||   रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो)  ||   आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।  ||   भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।  ||   लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।  ||   आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।  ||   लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना  ||   किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने  ||  
मंगलबार , अषोज २८, २०८२
हदम्यादले पीडकहरुलाई ‘फेवर’ गर्छ : हिरादेबी वाइबा – Sarangi News
आजकाे स्टाटस अफ द डे मा -हिरादेबी वाइबा
हदम्यादले पीडकहरुलाई ‘फेवर’ गर्छ : हिरादेबी वाइबा
यो सडक आन्दोलन गर्नुपर्ने विषय होइन। तर यस्ता आन्दोलनहरुले उत्पीडकहरुलाई थ्रेट हुनेछ। यो आन्दोलनमा सरिक हुन आउनुभएका तपाईंहरुलाई आभार भन्नुपर्ने हो। तर, आभार प्रकट नगर्दा पनि हुन्छ। किनभने हाम्रो समाजमा जति पनि हिंसामा परेका महिलाहरु छन्, उत्पीडनमा परेका महिलाहरु छन् दोहोरो–तेहरो उत्पीडनमा परेका महिलाहरु छन् यो देशमा। हिंसामा परेका ती सबै महिलाहरुका लागि यो आन्दोलन हो। हाम्रो यो साथले उनीहरुले आफ्नो पीडाका बारेमा बोल्न सधैं हिम्मत गर्नेछन्।

हाम्रो देशको राज्य संरचना, देशका संयन्त्र, देशका अन्य अवयवहरु कति पितृसत्तात्मक छन् भन्ने कुरा उनीहरुले निर्माण गरेको हदम्यादले हामीलाई देखाइरहेको छ। हदम्यादले कसलाई सहयोग गर्छ? हदम्यादले पीडकहरुलाई ‘फेवर’ गर्छ।


एउटा पीडितलाई आफूले भोगेको हिंसासँग लड्न लामो समय लाग्छ। हाम्रो सामाजिक संरचना, हाम्रो सामाजिक मनोविज्ञान कहिले पनि पीडितको पक्षमा छैन। यहाँका हरेक संयन्त्रले जहिले पनि पीडितले बोल्नेबित्तिकै ‘तैंले यसो गरिस् होला, तैँले यो गरिस् होला’ भनेर हिंसालाई जस्टिफाई गर्छ। यसरी हिंसा र हिंस्रकलाई जस्टिफाई गर्ने, पैरवी गर्ने, पुनर्स्थापना र संरक्षण गर्ने राज्यसत्ता र यसका संरचनाका विरुद्ध हाम्रो आवाज हो यो।
यो आवाज आज मात्रै होइन, जुन दिनसम्म महिला हिंसाका साना–साना घटनाहरु बाहिर आउँछन्, जुन दिनसम्म महिला हिंसाका शृंखलाबद्ध घटना भइरहन्छन्, त्यति बेलासम्म बुलन्द रहनेछ।

हाम्रो आन्दोलनको आयाम कहिले पनि सडक आन्दोलन मात्रै होइन। सडक आन्दोलन महत्त्वपूर्ण हो, यति हुँदा पनि आन्दोलनका विभिन्न आयामहरु हुन्छन् भन्ने हामीले बिर्सिनुहुँदैन। हामीले सामाजिक सञ्जालमा लेखेर हुन्छ, पत्रपत्रिकामा बोलेर हुन्छ, मिडियाका अन्य प्लेटफर्ममा आफ्नो आवाज पुर्याएर हुन्छ अथवा यसैगरी सडकमा उभिएर सामूहिक आवाज दिएर हुन्छ सधैँ हामी हिंसापीडितको पक्षमा उभिनेछौँ।  अन्शु खनाल काे वालबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP