Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
पोखरामा वैश्विक नागरिक शिक्षासम्बन्धी कार्यशाला सुरु – Sarangi News

पोखरा, कार्तिक २६ गते । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बुधवारदेखि पोखरामा वैश्विक नागरिक शिक्षासम्बन्धी २ दिवसीय कार्यशाला सुरु गरेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले कार्यशालाको उद्‌घाटन गर्दै व्यवहार परिवर्तनको सबैभन्दा महत्त्वपूर्ण कडी नै शिक्षा भएको धारणा राखे । उनले विद्यालय तहदेखि नै वसुधैव कुटुम्बकम्‌को भावना विकास गर्न सके विश्वमै भाइचाराको सम्बन्ध कायम हुने भएकाले वैश्विक नागरिक शिक्षाको अवधारणा अगि सारिएको बताए । संसारमा सबै प्राणी वा वस्तुले समान अधिकार पाउनुपर्नेमा जोड दिँदै महानिर्देशक न्यौपानेले वर्तमान समयमा देखिएका सामाजिक समस्याको समाधान गर्ने माध्यमका रूपमा असल शिक्षाको महत्त्व दर्साए ।

केन्द्रका उपनिर्देशक गौरीशङ्कर पाण्डेले वैश्विक नागरिक शिक्षाको उद्देश्यमाथि प्रकाश पार्दै यसलाई कक्षाकोठासम्म पुर्‍याउन आग्रह गरे । सो अवसरमा सहजीकरणसमेत गरेका पाण्डेले दिगो विकासका लक्ष्यहरूमध्ये ४.७ को लक्ष्य हासिल गर्नका लागि यस्तो शिक्षा आवश्यक रहेको औँल्याए ।

कार्यशालाको स्थानीय समन्वय शिक्षा तालिम केन्द्र, गण्डकी प्रदेशले गरेको थियो । तालिम केन्द्रका प्रमुख नेपालहरि रानाभाटले सबैले आआफ्नो ठाउँबाट नागरिक शिक्षाको अवधारणालाई कार्यान्वयनका लागि पहल गर्न आग्रह गरे ।

शिक्षा तालिम केन्द्र, विस्तारित शाखा, पोखराका प्रमुख रुद्रमणि पौडेलको सञ्चालनमा भएको कार्यक्रममा तालिम केन्द्रका प्रशिक्षकहरू, रोस्टर प्रशिक्षकहरू, कास्कीका विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागिता रहेको थियो । तालिम बिहिवार समापन हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP