Trend
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।  ||   रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो)  ||   आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।  ||   भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।  ||   लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।  ||   आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।  ||   लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना  ||   किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने  ||  
मंगलबार , अषोज २८, २०८२
फेमिनिष्टहरुको नाममा… – Sarangi News

 प्रकाश अधिकारीकाे कविता- फेमिनिष्टहरुको नाममा 

नेपाल टेलिभिजनको
‘गेष्ट रुम’मा बसेर
समाजको ‘कालो धब्वा’
छाउबारे दिएको
तिम्रो तर्क अन्तिम सत्य जस्ताे
लाग्यो यस्तो पो अभिव्यक्ति ।

प्रतिरोधी सौन्दर्यमाथी
तिम्रो समिक्षा
जब छापियो ‘सारङ्गी न्युज डटकम’मा
मेरो साराका सारा
सौन्दर्य चेत खरानी भए
मन महाशुन्य शुन्य भयो
लाग्यो यस्तो पो सौन्दर्य
यस्तो पो समिक्षा ।

टुडिँखेलमा
करोडौ सिँहहरुको माझमा
बाघझैँ गर्जिएर
माग्दा आमाको नाममा नागरिकता
माग्दा समानान्तर हक
भावुक बनेका उनी
गम्भिर बनेकी तिमी
बजाईरहेका ताली
सुने एउटा लोक्कल रेडियोबाट
लाग्यो यस्तो पो साहस
लाग्यो यास्तो पो हिम्मत ।

केही समय अघि
बोक्सी भन्दै बैद्धिक जथ्थाले
निर्धात कुटेर हत्या गरेको लक्ष्मी
तल्लो जातसँग प्रेम गरेको भन्दै
सिंगो समाजले संवेदनशिल अंगमा
लठ्ठी कोचिदिए पछि
भएको निर्मम हत्या होस्
वा,
सात वर्षिया नाबालीकाको
सामुहिक बलात्कार गर्ने
यौनपिपासु विरुद्ध
अदालतमा परेको मुद्दामा
तिमीले गरेको बहस
र सर्वोच्चको फैसला पश्चात
पिडीतको ओठमा फुलेको खुसि
अदालत बाहिर जनताहरुले
गरेको तिम्रो जयजयकार

यहाँ मात्रा कहाँँ हो र
विदेशी अखबारहरुको लागि पनि उस्तै हटकेक तिमी
लाग्यो, यस्तो पो समाजसेवा
यस्तो पो वकालत
यस्तो पो सफलता ।
यस्तो पो जीवन

मेरो आस्थाको सुनगाभा तिमी
करुणकी प्रतिमूर्ति टेरेशा तिमी
सुकीले जस्तो विद्रोह गरेर
बनाएको तिम्रो इमेज
म एउटा दर्शक
एउटा स्रोता
एउटा अनुयायी
र ,
एउटा पत्रकार बनेर
नियाली रहेछु, तिम्रा हरेक उच्चाशनहरू

तर पत्रकार न हुँँ, सवाल्टर्न आवाजलाई नलेखी धरै छैन मलाई
सारा दु:ख अन्त्य भएको तिम्रो उत्घोषले
ती दु:खहरु शायद डरले थरथर काँप्दै
शहरका कुनाकानी, गल्छेडाहरूमा
अनी साहरै नजिकका गाउँहरूमा
ती पिडाहरू त लुकिबसेका रहेछन्

तिमीले स्वातन्त्रताको उत्घोष गरिरहेकै बेला
ती तमाम दु:खहरु भुइँमान्छेहरूको काँधमा चढेर खित्खिताइ रहन्छन्
ए ! आधुनिक क्रान्तिकारी महिला
म डराउँछु कि, अङ्ग्रेजी मिडियामा सम्मानको ठूलो तिम्रो तस्विर छपिनु अगावै
मेरो अखबारले ती दु:खको कथा नलेखिऊन् ।

ए ! आधुनिक महिला
ए ! क्रान्तिकारी महिला
एकचोटि, पैदल हिंड्ने कष्ट गरिदेऊ
एकचोटि, अँध्यारो हेर्ने कोशिष गरिदेऊ
म कामना गर्छु !
तिम्रो सत्य समाचार लेख्न सकूँ ।

 

पोखरा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP