Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बिहिबार , असार ४, २०८३
सौन्दर्य प्रतियोगिताको कुरूप तस्विर : बलात्कार आराेपी मनोज पाण्डे पक्राउ – Sarangi News

काठमाडौं । आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ परेका छन् । कार्यक्रम आयोजक पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वयम्भूबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले अनलाइनखबरसँग पुष्टि गरेको छ ।

पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक समेत हुन् । उनले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताका आयोजना गरेका थिए ।

सोही प्रतियोगिता सकिएपछि ‘सक्सेस पार्टी’ का लागि भन्दै बानेश्वरको एभरेष्ट होटलमा बोलाएर बलात्कार गरेको पीडितको भनाइ छ । त्यसदिन पाण्डेले तस्वीर र भिडियो खिचेर ६ महिनासम्म ब्ल्याकमेल गर्दै जबरजस्ती करणी गरेको उनले खुलाएकी छन् ।

बुधबार पीडितले सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै आठ वर्षअघि सौन्दर्य प्रतियोगिताका आयोजकबाट भएको बलात्कारको घटनाबारे खुलासा गरेकी थिइन् ।

तर जबरजस्ती करणीसम्बन्धी कसूरमा उजुरीका लागि एक वर्ष हदम्याद भएका कारण कानूनी कारबाही अघि बढाउन जटिलता देखिएको प्रहरीले बताएको थियो । त्यसबारे थाहा पाएपछि उनले पुनः विक्षिप्त हुँदै अर्को भिडियो सार्वजनिक गरेकी थिइन् । त्यसपछि संसद्मा पनि यो विषयले प्रवेश पाएको थियो ।

कांग्रेस नेता एवं सांसद गगनकुमार थापाले घटनामा तत्काल छानविन थालेर दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिन आग्रह गरेका थिए । त्यसपछि सभामुख अग्नि सापकोटाले पनि अनुसन्धान अघि बढाउन सरकारलाई रुलिङ गरेका थिए ।

जबरजस्ती करणीको मुद्दामा हदम्याद हटाउन माग गर्दै युवाले स्वतः स्फूर्तरुपमा भेला भएर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्ना दिए ।

राजधानीबाहिर पोखरा, झापालगायतका विभिन्न शहरमा पनि उनको न्यायका लागि भन्दै प्रदर्शन भए । शनिबार पनि मुलुकका विभिन्न ठाउँमा पीडितको न्यायका लागि भन्दै प्रर्दशन भइरहेका वेला प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो ।

गृह मन्त्रालयले शुक्रबारै घटनाको छानविनका लागि भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति बनायो । समितिले शुक्रबारै पीडितलाई भेटेर कानूनी प्रक्रिया अघि बढाउने आश्वसन दिएको थियो ।

पाण्डेविरुद्ध कुन ऐन अनुसार कानूनी प्रक्रिया अघि बढाउने भन्ने टुंगो लागिसकेको छैन । यद्यपि, मानवबेचिखनसम्बन्धी ऐनअनुसार म्याद थप गर्नेबारे छलफल भइरहेको स्रोतको भनाइ छ ।

मानवबेचबिखन सम्बन्धी ऐनको दफा ४ को उपदफा २ (ख) मा ‘शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाइफकाइ, प्रलोभनमा पारी, झुक्याइ, जालसाज गरी, जबर्जस्ती गरी, करकापमा पारी, शरीर बन्धक राखी, बेहोस पारी’ आफूसँग राख्ने वा नियन्त्रणमा लिनुलाई मानव बेचबिखन तथा ओसारपसार भनिएको छ ।

‘यो घटनामा पनि नशालु पदार्थ खुवाएर कब्जामा लिएको भन्ने छ, त्यसले यो ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाउन मिल्छ’ फौजदारी कानूनका जानकार वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल भन्छन्।

समितिका एक सदस्यका अनुसार विगतमा अदालतबाट निर्देशात्मक आदेश जारी भएका आधारमा पनि यस्ता प्रकृतिका घटनामा अनुसन्धान अघि बढेका उदाहरण छन् । ‘भोलि आइतबार पनि सरकारी विदा छ, त्यसैले अझै एक दिन विकल्पहरुमा छलफल गरेर निष्कर्षमा पुग्छौं’ ती सदस्य भन्छन् । अन्लाइन खबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP