भोर्लेटारमा कराँते बेल्ट ग्रेडिङ सम्पन्न – Sarangi News

भोर्लेटार (लमजुङ) । नेपाल सोतोकान कराँते संघ लमजुङले बेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम मध्य नेपाल नगरपालिकाको वडा नं ६ ग्रिन भ्याली एकेडेमीको प्राङ्गणमा भएको थियो । ६० जना प्रशिक्षार्थीहरूलाई २०७८ माघदेखि नेपाल कराँते सोतोकान कराँते संघ लमजुङका अध्यक्ष सन्तोष कुँवरले प्रशिक्षण दिँदै आएका थिए । प्रशिक्षार्थीहरू मध्यनेपाल नगरपालिकाका विद्यालयका बालबालिकाहरू थिए । सो बेल्ट ग्रेडिङमा १० जनाले ओरेन्ज ग्रेडिङ र ४५ जनाले एल्लो ग्रेडिङ प्राप्त गरेका छन् ।

नेपाल सोतोकान कराँते संघका केन्द्रिय अध्यक्ष हेमकुमार श्रेष्ठको प्रमुख आतिथ्य, नेपाल रेफ्री एक्सन फिल्म स्टार प्रमोद दीप र नेपाल फिल्म स्टारका प्रमुख निर्मल लामा विशेष अतिथि, खेलकुद महासंघ गण्डकी प्रदेशका सदस्य, लमजुङ जिल्लाको संयोजक सूर्य गुरुङलगायत मध्य नेपाल नगरपालिकाका विद्यालयहका शिक्षकहरूको समेत उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम नेपाल सोतोकान कराँते संघ र डब्लु एस. के. एफ. जापानको सहआयोजना भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

भूमे आविमा सम्मान तथा न्यानो कपडा वितरण

कास्की आइडलमा टपटेन छनोट

पाख्रिन र तिम्सिनाको स्मृतिमा २७८ औँ साहित्य शृङ्खला

तान्द्राङ्ग टक्सारमा प्रथम जल्पादेवी मिनि म्याराथन हुदै।

सोसल पब्लिक स्कुलमा उद्घोषण तथा भाषणकला तालिम


TOP