Trend
सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||   सामुदायिक विद्यालयका शिक्षकका लागि सूचना प्रविधि तालिम सम्पन्न  ||   नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता सम्पन्न।  ||  
बुधबार , भाद्र २४, २०८३
भोर्लेटारमा कराँते बेल्ट ग्रेडिङ सम्पन्न – Sarangi News

भोर्लेटार (लमजुङ) । नेपाल सोतोकान कराँते संघ लमजुङले बेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम मध्य नेपाल नगरपालिकाको वडा नं ६ ग्रिन भ्याली एकेडेमीको प्राङ्गणमा भएको थियो । ६० जना प्रशिक्षार्थीहरूलाई २०७८ माघदेखि नेपाल कराँते सोतोकान कराँते संघ लमजुङका अध्यक्ष सन्तोष कुँवरले प्रशिक्षण दिँदै आएका थिए । प्रशिक्षार्थीहरू मध्यनेपाल नगरपालिकाका विद्यालयका बालबालिकाहरू थिए । सो बेल्ट ग्रेडिङमा १० जनाले ओरेन्ज ग्रेडिङ र ४५ जनाले एल्लो ग्रेडिङ प्राप्त गरेका छन् ।

नेपाल सोतोकान कराँते संघका केन्द्रिय अध्यक्ष हेमकुमार श्रेष्ठको प्रमुख आतिथ्य, नेपाल रेफ्री एक्सन फिल्म स्टार प्रमोद दीप र नेपाल फिल्म स्टारका प्रमुख निर्मल लामा विशेष अतिथि, खेलकुद महासंघ गण्डकी प्रदेशका सदस्य, लमजुङ जिल्लाको संयोजक सूर्य गुरुङलगायत मध्य नेपाल नगरपालिकाका विद्यालयहका शिक्षकहरूको समेत उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम नेपाल सोतोकान कराँते संघ र डब्लु एस. के. एफ. जापानको सहआयोजना भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 39 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP