Trend
लममजुङको मर्स्याङ्दी गाउपालिका भुलभुलेमा आयोजित छैटौ हामखोला झरना महोत्सवका तस्वीरहरु।  ||   थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा  ||   शिवालय मा. वि. मा हाजिरीजवाफ प्रतियोगिता  ||   श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||  
सोमबार , साउन २५, २०८३
‘सरकार ! म आउदैछु पापी, बलात्कारीको शिर लिएर’ – Sarangi News

आजको गजल : कल्पना भुसाल ” कल्पित”

उजाडिएको जिवन मनमा औधी पिर लिएर
हिडिरहेको छु अभागी आफ्नै तक्दिर लिएर

आमा रुँदैछिन छोरो शहर पसेको दिनदेखी
छोरो पागल हुँदैछ प्रेमिकाको तस्बिर लिएर

सरकार तिमी ढक राखेर जोख्ने तयारी गर्नु
म आउदैछु पापी, बलात्कारीको शिर लिएर

न बाटो भेटियो,न गन्तव्यको केहि ठेगान
बाँच्नुपरेको छ यस्तै बेवारिसे शरिर लिएर

मेरो जिन्दगी हौ भने आँसु झार्दा आइपुग्नु
खुशीमा त शत्रु पनि आउछन अबिर लिएर ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP