Trend
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।  ||   रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो)  ||   आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।  ||   भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।  ||   लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।  ||   आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।  ||   लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना  ||   किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने  ||  
मंगलबार , अषोज २८, २०८२
सर्कुवामा हावाहुरीकाे वितण्डा : पीडितलाई सहयाेग जारी… – Sarangi News

पाेखरा । जेठ २ गते आएको भिषण हावाहुरीले जैमिनी-४ सर्कुवा,टुहुरेचौरमा आधा दर्जन भन्दा बढी घरमा क्षति पुर्याएकाे छ ।

हावाहुरीले स्थानिय कुमारी विकको घरबास उडाइदिएकाे छ भने उनेकाे दुवै खुट्टा फ्याक्चर भएकाे छ । अति कमजोर आर्थिक अवस्था भएकी दलित महिला कुमारी बिककाे उपचार्थ समाजसेवी तथा स्थानीय शिक्षक प्रेम थापाले सहयाेग संकलन अभियान चलाएका छन् । थापाकै सक्रियतामा विककाे दुवै खुट्टा प्लास्टर गरिएकाे छ ।

हावाहुरीकाे विछिप्त बनाएकाे एक हप्ता वित्नै लाग्दा समेत  सरकारी निकाय बाट कुनै पनि किसिमकाे सहयाेग नभएकाे पीडितकाे गुनासाे छ ।जैमिनी-४ सर्कुवाका नवनिर्वाचित वडा अध्यक्ष चक्र थापाले स्थलगत रिपाेटिङ्ग गरिसकेकाे र पदभार ग्रहण गरेकै दिन पीडितलाई सहयाेग गर्ने प्रतिवद्धता जनाए ।

समाजसेवी थापाका अनुसार उनकाे ४० दिन पछि मात्रै प्लास्टर खाेल्न मिल्ने छ ।  त्यतिञ्जेल पकाएर खान समेत उनले सक्ने अवस्था छैन् ।

उनकाे श्रीमानको ७ बर्ष अघि नै मृत्यु भैसकेको छ भने उनका  छाेराछाेरीकाे अत्ताेपत्ताे छैन् । उनीसंग एक १२ वर्षिय नावालिका छिन् ।  नावालिकाकाे शिक्षा दीक्षा त परै जाओस् अहिले विहान बेलुका खाने समेत अन्न छैन् । थापाले भने उहाँकाे दुःख देख्न नसेकर मैले याे अभियान चलाएकाे हुँ । सहयाेगदातालाइ धन्यबाद दिदैँ थापाले थप सहयाेगकाे अपिल समेत गरेका छन् । मानवता भन्दा अर्काे धर्म नहुने भन्दै थापाले भने दुखमा साथ दिनुनै मानिसकाे धर्म हाे ।

थापाले विककाे उपचार्थ अहिले सम्म साढेँ १० हजार रूपैया संकलन भएकाे बताए । थापाले सहयाेग गर्नेहरूकाे नामावली अाफ्नाे फेसबुकमा यसरी उल्लेख गरेका छन् ।

         सहयाेग गर्नेहरूकाे नामावली
१.कृष्ण कुमारी थापा जैमिनी ०६,अर्जेवा रु ५००/-
२.ओमकार थापा जैमिनी ०४,सर्कुवा रु ५००/-
३.नवराज शर्मा जैमिनी ०४,सर्कुवा रु १०००/-
४.सुस्मिता नेपाली जैमिनी ०४,सर्कुवा रु ५००/-
५.कृष्ण आचार्य जैमिनी ०६,अर्जेवा रु १०००/-
६.सागर सुवेदी जैमिनी ०४,सर्कुवा रु १०००/-
७.असीम थापा जैमिनी ०४,सर्कुवा रु ५००/-
८.अमृत सुवेदी जैमिनी ०४,सर्कुवा रु ५००/-
९.सुरज नेपाली जैमिनी ०४,सर्कुवा रु २०००/-
१०.सागर पौडेल जैमिनी ०४,सर्कुवा रु ५००/-
११.तेजेन्द्र नेपाली जैमिनी ०४,सर्कुवा रु ५००/-
१२.खगेश्वर शर्मा जैमिनी ०४,सर्कुवा रु ५००/-
१३.रुपा थापा जैमिनी ०६,अर्जेवा रु ५००/-
१४.तेजेन्द्र रेग्मी जैमिनी ०६,अर्जेवा रु ५००/-
१५. प्रकाश अधिकारी,जैमिनी ०५,विनामारे रु ५००/-

थापाले सहयोग प्रदान गर्ने हरूलाई धन्यवाद  प्रकट  गर्दै निम्न तरिकाले सहयाेग गर्न सकिने बताए । सहयोग गर्न चाहनु हुने कोमल मनका सहयोगीहरूले ग्लोबल आइ. एम.इ.बैंकको खाता नम्बर ४५०८०१००००१०५ मा PREM BAHADUR THAPA को नाम वा तल दिएको QR Code मा Scan गरि सहयोग गर्न सक्नुहुनेछ ।

May be an image of text that says 'SCAN SHARE PREM BAHADUR THAPA GlobalSmart'
हरेक विवरण पारदर्शिताका साथ फेसबुक कै माध्यमबाट सार्वजनिक गरिनेछ ।
आदरणीय ब्यक्तित्व,संघ सस्था सबैमा सहयोगका लागि सादर अनुरोध छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP