Trend
सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||   सामुदायिक विद्यालयका शिक्षकका लागि सूचना प्रविधि तालिम सम्पन्न  ||   नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता सम्पन्न।  ||  
बुधबार , भाद्र २४, २०८३
सर्कुवामा हावाहुरीकाे वितण्डा : पीडितलाई सहयाेग जारी… – Sarangi News

पाेखरा । जेठ २ गते आएको भिषण हावाहुरीले जैमिनी-४ सर्कुवा,टुहुरेचौरमा आधा दर्जन भन्दा बढी घरमा क्षति पुर्याएकाे छ ।

हावाहुरीले स्थानिय कुमारी विकको घरबास उडाइदिएकाे छ भने उनेकाे दुवै खुट्टा फ्याक्चर भएकाे छ । अति कमजोर आर्थिक अवस्था भएकी दलित महिला कुमारी बिककाे उपचार्थ समाजसेवी तथा स्थानीय शिक्षक प्रेम थापाले सहयाेग संकलन अभियान चलाएका छन् । थापाकै सक्रियतामा विककाे दुवै खुट्टा प्लास्टर गरिएकाे छ ।

हावाहुरीकाे विछिप्त बनाएकाे एक हप्ता वित्नै लाग्दा समेत  सरकारी निकाय बाट कुनै पनि किसिमकाे सहयाेग नभएकाे पीडितकाे गुनासाे छ ।जैमिनी-४ सर्कुवाका नवनिर्वाचित वडा अध्यक्ष चक्र थापाले स्थलगत रिपाेटिङ्ग गरिसकेकाे र पदभार ग्रहण गरेकै दिन पीडितलाई सहयाेग गर्ने प्रतिवद्धता जनाए ।

समाजसेवी थापाका अनुसार उनकाे ४० दिन पछि मात्रै प्लास्टर खाेल्न मिल्ने छ ।  त्यतिञ्जेल पकाएर खान समेत उनले सक्ने अवस्था छैन् ।

उनकाे श्रीमानको ७ बर्ष अघि नै मृत्यु भैसकेको छ भने उनका  छाेराछाेरीकाे अत्ताेपत्ताे छैन् । उनीसंग एक १२ वर्षिय नावालिका छिन् ।  नावालिकाकाे शिक्षा दीक्षा त परै जाओस् अहिले विहान बेलुका खाने समेत अन्न छैन् । थापाले भने उहाँकाे दुःख देख्न नसेकर मैले याे अभियान चलाएकाे हुँ । सहयाेगदातालाइ धन्यबाद दिदैँ थापाले थप सहयाेगकाे अपिल समेत गरेका छन् । मानवता भन्दा अर्काे धर्म नहुने भन्दै थापाले भने दुखमा साथ दिनुनै मानिसकाे धर्म हाे ।

थापाले विककाे उपचार्थ अहिले सम्म साढेँ १० हजार रूपैया संकलन भएकाे बताए । थापाले सहयाेग गर्नेहरूकाे नामावली अाफ्नाे फेसबुकमा यसरी उल्लेख गरेका छन् ।

         सहयाेग गर्नेहरूकाे नामावली
१.कृष्ण कुमारी थापा जैमिनी ०६,अर्जेवा रु ५००/-
२.ओमकार थापा जैमिनी ०४,सर्कुवा रु ५००/-
३.नवराज शर्मा जैमिनी ०४,सर्कुवा रु १०००/-
४.सुस्मिता नेपाली जैमिनी ०४,सर्कुवा रु ५००/-
५.कृष्ण आचार्य जैमिनी ०६,अर्जेवा रु १०००/-
६.सागर सुवेदी जैमिनी ०४,सर्कुवा रु १०००/-
७.असीम थापा जैमिनी ०४,सर्कुवा रु ५००/-
८.अमृत सुवेदी जैमिनी ०४,सर्कुवा रु ५००/-
९.सुरज नेपाली जैमिनी ०४,सर्कुवा रु २०००/-
१०.सागर पौडेल जैमिनी ०४,सर्कुवा रु ५००/-
११.तेजेन्द्र नेपाली जैमिनी ०४,सर्कुवा रु ५००/-
१२.खगेश्वर शर्मा जैमिनी ०४,सर्कुवा रु ५००/-
१३.रुपा थापा जैमिनी ०६,अर्जेवा रु ५००/-
१४.तेजेन्द्र रेग्मी जैमिनी ०६,अर्जेवा रु ५००/-
१५. प्रकाश अधिकारी,जैमिनी ०५,विनामारे रु ५००/-

थापाले सहयोग प्रदान गर्ने हरूलाई धन्यवाद  प्रकट  गर्दै निम्न तरिकाले सहयाेग गर्न सकिने बताए । सहयोग गर्न चाहनु हुने कोमल मनका सहयोगीहरूले ग्लोबल आइ. एम.इ.बैंकको खाता नम्बर ४५०८०१००००१०५ मा PREM BAHADUR THAPA को नाम वा तल दिएको QR Code मा Scan गरि सहयोग गर्न सक्नुहुनेछ ।

May be an image of text that says 'SCAN SHARE PREM BAHADUR THAPA GlobalSmart'
हरेक विवरण पारदर्शिताका साथ फेसबुक कै माध्यमबाट सार्वजनिक गरिनेछ ।
आदरणीय ब्यक्तित्व,संघ सस्था सबैमा सहयोगका लागि सादर अनुरोध छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP