Trend
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।  ||   रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो)  ||   आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।  ||   भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।  ||   लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।  ||   आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।  ||   लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना  ||   किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने  ||  
मंगलबार , अषोज २८, २०८२
मनोज पाण्डेविरुद्ध ‘मानव बेचविखन’ कसुरमा अदालतबाट पीडितको बयान प्रमाणित,१० वर्षसम्म कैद हुने – Sarangi News

सौन्दर्य प्रतियोगिताको नाममा युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध पीडितले अदालतमा बयान दिएकी छन् । पीडितले जिल्ला अदालतमा उपस्थित भएर घटनाबारे बयान दिएकी हुन् । जिल्ला अदालत काठमाडौंबाट युवतीको बयान प्रमाणित भएको छ ।

सोमवार जिल्ला प्रहरी परिसर काठमाडौंमा पीडित युवतीले पाण्डेविरुद्ध मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन–०६४ अनुसारको कसुरमा जाहेरी दिएकी थिइन् । बयान प्रमाणित भएसँगै आरोपीलाई सो मुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिइने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पीडित युवतीले दिएको जाहेरी दर्ता भैसकेको छैन् ।

मानव बेचबिखनको मुद्दा प्रमाणित भएमा हुन सक्छ १० वर्षसम्म कैद

२०७१ सालमा रहेको कानुनमा महिलाहरू १६ वर्ष पुगेपछि बालिग बनेको मानिने व्यवस्था थियो । बालिग भएपछि आपसी सहमतिमा यौनसम्बन्ध स्थापित गर्न पाउने कानुनी व्यवस्था रहेको थियो । त्यसै गरी यदि कुनै व्यक्तिले बलात्कार गरेमा ३५ दिनभित्र जाहेरी दिइसक्नुपर्ने हदम्याद राखिएको थियो । यद्यपि हालको मुलुकी अपराध संहिताले जबरजस्ती करणीसम्बन्धी कसुरको हदम्याद एक वर्ष तोकेको छ भने कुनै पीडित नाबालिग हुँदा करणी भएको भएमा बालिग भएको मितिले एक वर्षभित्र जाहेरी दिन सकिने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP