Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बिहिबार , असार ४, २०८३
मनोज पाण्डेविरुद्ध ‘मानव बेचविखन’ कसुरमा अदालतबाट पीडितको बयान प्रमाणित,१० वर्षसम्म कैद हुने – Sarangi News

सौन्दर्य प्रतियोगिताको नाममा युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध पीडितले अदालतमा बयान दिएकी छन् । पीडितले जिल्ला अदालतमा उपस्थित भएर घटनाबारे बयान दिएकी हुन् । जिल्ला अदालत काठमाडौंबाट युवतीको बयान प्रमाणित भएको छ ।

सोमवार जिल्ला प्रहरी परिसर काठमाडौंमा पीडित युवतीले पाण्डेविरुद्ध मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन–०६४ अनुसारको कसुरमा जाहेरी दिएकी थिइन् । बयान प्रमाणित भएसँगै आरोपीलाई सो मुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिइने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पीडित युवतीले दिएको जाहेरी दर्ता भैसकेको छैन् ।

मानव बेचबिखनको मुद्दा प्रमाणित भएमा हुन सक्छ १० वर्षसम्म कैद

२०७१ सालमा रहेको कानुनमा महिलाहरू १६ वर्ष पुगेपछि बालिग बनेको मानिने व्यवस्था थियो । बालिग भएपछि आपसी सहमतिमा यौनसम्बन्ध स्थापित गर्न पाउने कानुनी व्यवस्था रहेको थियो । त्यसै गरी यदि कुनै व्यक्तिले बलात्कार गरेमा ३५ दिनभित्र जाहेरी दिइसक्नुपर्ने हदम्याद राखिएको थियो । यद्यपि हालको मुलुकी अपराध संहिताले जबरजस्ती करणीसम्बन्धी कसुरको हदम्याद एक वर्ष तोकेको छ भने कुनै पीडित नाबालिग हुँदा करणी भएको भएमा बालिग भएको मितिले एक वर्षभित्र जाहेरी दिन सकिने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP