Trend
सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||   सामुदायिक विद्यालयका शिक्षकका लागि सूचना प्रविधि तालिम सम्पन्न  ||   नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता सम्पन्न।  ||  
बुधबार , भाद्र २४, २०८३
सलमान खानको ‘द ब्याङ रिलोडेड टुर’कन्सर्ट स्थगित, यस्ताे रहेछ कारण – Sarangi News

काठमाडौं । आगामी शनिबार दशरथ रंगशालामा हुने भनिएको बलिउड अभिनेता सलमान खानको कन्सर्ट अन्तिम समयमा स्थगित गरिएको छ । आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङले ‘द ब्याङ रिलोडेड टुर’ रोकिएको पुष्टि गरे ।

स्थानीय चुनावको कारण टिकट बिक्रीमा प्रभाव परेको र वर्षात्को समय सुरु भएकाले कार्यक्रम गर्न असहज हुने भएपछि स्थगित गरिएको जानकारी उनले दिए । ‘चुनावको कारण टिकट सोचेअनुसार बिक्री हुन पाएन र पानी पर्ने सिजन पनि सुरु भयो,’ उनले भने ।

अनुकूल समयमा कार्यक्रम गर्नेगरी अर्को मिति चाँडै घोषणा हुने जानकारी पनि उनले दिए । कलाकारको पारिश्रमिक, लाइट, साउन्ड र स्टेज व्यवस्थापनमा झण्डै ८ करोड रुपैयाँ खर्च भइसकेको उनले बताए ।

सलमानले मात्र ४ करोड ८० लाख रुपैयाँ पारिश्रमिक लिने तय भएको थियो । एक दर्जन कलाकारले सांगीतिक प्रस्तुति दिने बताइएको थियो । साथै, सलमानले नेपालको पर्यटकीय क्षेत्रको भ्रमण गर्ने तालिका पनि तय भएको थियो ।

सलमानको नेपाल टुर रोकिएको यो दोस्रो पटक हो । कार्यक्रम स्थगनबारे औपचारिक रुपमै जानकारी गराइने ओडीसीका निर्देशक गुरुङले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 39 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP