Trend
लममजुङको मर्स्याङ्दी गाउपालिका भुलभुलेमा आयोजित छैटौ हामखोला झरना महोत्सवका तस्वीरहरु।  ||   थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा  ||   शिवालय मा. वि. मा हाजिरीजवाफ प्रतियोगिता  ||   श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||  
सोमबार , साउन २५, २०८३
हजुरबाको कोट (बालकविता) – Sarangi News

हजुरबाको कोट  

                   रमेशचन्द्र घिमिरे 

हजुरबाको कोट लाउँदा बाहुला तलै पुग्यो
हेर्दाहेर्दै मेरो हात कता लुक्यो लुक्यो

कोट लगाई हिँड्न खोज्दा बाहुला हर्ल्याङ-हर्ल्याङ
अल्झिएर लडेँ म त बिच बाटामै बर्ल्याङ
च्यातियो कि कोट लौ न ओठतालु नै सुक्यो
खल्तीभित्र चस्मा थियो कता पुग्यो-पुग्यो

कोट पैह्रिई हजुरबाको गरेपछि नक्कल
खाएँ ठक्कर अनि बल्ल आयो मलाई अक्कल
लडेपछि चोट लाग्यो दुख्नुसम्म दुख्यो
हजुरबाको कोट लाउने रहर अब पुग्यो ।

***********************

मध्यनेपाल नगरपालिका-६ भोर्लटार लमजुङ

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP