Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बुधबार , असार ३, २०८३
ताल बाराही माविको अध्यक्षमा पुनः न्यौपाने – Sarangi News

गणेश पहारी,

पोखरा । पोखरामा महानगरपालिका वडा ६ बैदाममा अवस्थित  ताल बाराही माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा पुनः कृष्णप्रसाद न्यौपाने चयन भएका छन् ।

आइतबार बसेको बिद्यालय व्यवस्थापन समितिको बैठकले न्यौपानेलाई आगामी ३ वर्षका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। नौ सदस्यीय समितिमा वडा प्रतिनिधि बासुदेब बराल, अभिभावकहरुबाट सदस्यहरुमा गिरीराज अधिकारी,बालकृष्ण मल्ल र रमा अधिकारी रहेका छन्। त्यसै गरी वडा शिक्षा समितिबाट तेजनाथ न्यौपाने र शिक्षक प्रतिनिधिमा देवीकुमारी के.सी चयन भएका छन्। एक सदस्य पछि विद्यालयले मनोनित गर्ने गरी ९ सदस्य नयाँ विद्यालय ब्यबस्थापन समिति गठन गरिएको विद्यालयका प्रअ ताराप्रसाद पोखरेलले जानकारी दिनुभएको छ ।
नवनियुक्त पदाधिकारीहरुलाई आइतबार नै पदस्थापन गरिएको थियो । नव नियुक्त अध्यक्ष न्यौपानेले ‘आफ्नो कार्यकालमा विद्यालयको शैक्षिक गुणस्तर सुधारका साथ आर्थिक तथा भौतिक उन्नतिका लागि प्रयत्नशिल रहने’ बताउनुभयो ।
प्रधानध्यापका पोखरेलले “नव निर्वाचित व्यवस्थापन समितिले विद्यालयलाई कास्की जिल्लाकै नमुना विद्यालय बनाउनेमा आफू विश्वस्त” रहेको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP