Trend
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।  ||   रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो)  ||   आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।  ||   भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।  ||   लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।  ||   आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।  ||   लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना  ||   किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने  ||  
मंगलबार , अषोज २८, २०८२
ताल बाराही माविको अध्यक्षमा पुनः न्यौपाने – Sarangi News

गणेश पहारी,

पोखरा । पोखरामा महानगरपालिका वडा ६ बैदाममा अवस्थित  ताल बाराही माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा पुनः कृष्णप्रसाद न्यौपाने चयन भएका छन् ।

आइतबार बसेको बिद्यालय व्यवस्थापन समितिको बैठकले न्यौपानेलाई आगामी ३ वर्षका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। नौ सदस्यीय समितिमा वडा प्रतिनिधि बासुदेब बराल, अभिभावकहरुबाट सदस्यहरुमा गिरीराज अधिकारी,बालकृष्ण मल्ल र रमा अधिकारी रहेका छन्। त्यसै गरी वडा शिक्षा समितिबाट तेजनाथ न्यौपाने र शिक्षक प्रतिनिधिमा देवीकुमारी के.सी चयन भएका छन्। एक सदस्य पछि विद्यालयले मनोनित गर्ने गरी ९ सदस्य नयाँ विद्यालय ब्यबस्थापन समिति गठन गरिएको विद्यालयका प्रअ ताराप्रसाद पोखरेलले जानकारी दिनुभएको छ ।
नवनियुक्त पदाधिकारीहरुलाई आइतबार नै पदस्थापन गरिएको थियो । नव नियुक्त अध्यक्ष न्यौपानेले ‘आफ्नो कार्यकालमा विद्यालयको शैक्षिक गुणस्तर सुधारका साथ आर्थिक तथा भौतिक उन्नतिका लागि प्रयत्नशिल रहने’ बताउनुभयो ।
प्रधानध्यापका पोखरेलले “नव निर्वाचित व्यवस्थापन समितिले विद्यालयलाई कास्की जिल्लाकै नमुना विद्यालय बनाउनेमा आफू विश्वस्त” रहेको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP