हराइरहेको तारा विमान, यस्तो अवस्थामा भेटियो – Sarangi News

मुस्ताङ । आइतवारदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । स्थानीयबासी र सुरक्षाकर्मीको टोलीले कोबाङको सानुसरे भन्न ठाउँमा विमान दुर्घटना भएर क्षतविक्षत भएको अवस्थामा फेला पारेका हुन् ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले ट्वीटरमार्फत सो कुराको जानकारी दिएका हुन् । खोजी र उद्धार टोलीले विमान रहेको स्थान पत्ता लगाएको र यसबारे थप विवरण आउन बाँकी रहेको उनले बताएका छन् ।
तारा एयरको ट्विनअटर विमानको खोजी कार्य सोमबार बिहानैबाट पुनः सुरु गरिएको थियो । पोखराबाट मुस्ताङका लागि उडेको सो विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

भूमे आविमा सम्मान तथा न्यानो कपडा वितरण

कास्की आइडलमा टपटेन छनोट

पाख्रिन र तिम्सिनाको स्मृतिमा २७८ औँ साहित्य शृङ्खला

तान्द्राङ्ग टक्सारमा प्रथम जल्पादेवी मिनि म्याराथन हुदै।

सोसल पब्लिक स्कुलमा उद्घोषण तथा भाषणकला तालिम


TOP