दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूका लागि कम्प्युटर तालिम सम्पन्न – Sarangi News

पोखरा । कास्की नेत्रहिन संघ कास्कीको आयोजना, सामाजिक विकास कार्यालय कास्कीको सहयोग तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् गण्डकीसँगको सहकार्यमा गण्डकी प्रदेशमा बस्ने दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुका लागि ३ महिने कम्प्युटर तालिम सम्पन्न भएको छ ।

कास्की नेत्रहीन संघका अध्यक्ष श्रीकान्त सापकोटाको अध्यक्षता र गण्डकी प्रदेश सरकार शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव देवेन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न तालिम समापन कार्यक्रममा तालिमका सहभागि रोजिना घिमिरे, प्रशिक्षक दिपक अधिकारी, विश्वशान्ति मा.वि.का प्रधानाध्यापक हरिराज घिमिरे, कास्की नेत्रहिन संघका सह–सचिव सुनिता ज्ञवाली, सचिव कुशलराज पौडेल, नेत्रहिन संघ गण्डकी प्रदेशका अध्यक्ष लक्ष्मण सुवेदी, पोखरा महानगरपालिका वडा नंं. २६ का कार्यवहाक वडाध्यक्ष तीर्थराज भाट, नेपाल नेत्रहिन संघका महासचिव शिशिर खनाल, पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाका वरिष्ठ सामाजिक विकास अधिकृत गिता न्यौपाने, सामाजिक विकास कार्यालय कास्कीका प्रमुख इन्द्र बहादुर थापा, राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्मा, गण्डकी प्रदेश सरकार शिक्षा संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख जमुना पौडेल र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् गण्डकीका निर्देशक प्रमोदभक्त आचार्य लगायतले मन्तव्य राखेका थिए ।

फागुन १७ गतेदेखि जेठ २० गतेसम्म सञ्चालित ३ महिने कम्प्युटर एप्लीकेशन तालिममा गण्डकी प्रदेशका विभिन्न जिल्लाका ८ पुरुष र १२ जना महिलाको सहभागिता रहेको थियो । कार्यक्रममा गण्डकी प्रदेश सरकार शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव देवेन्द्र लामिछानेले अपाङ्गता भएका व्यक्तिहरुको आत्मसम्मान, जीविकोपार्जन र स्वरोजगारका लागि यसप्रकार तालिमहरु आवश्यक पर्ने र नेत्रहिन संघ कास्कीले आफ्नो भवनलाई अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र हितमा परिचालन गर्न सक्ने बनाउन मन्त्रालयले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सि.टि.इ.भि.टि गण्डकीका निर्देशक प्रमोदभक्त आचार्यले सि.टि.इ.भि.टि. का तालिमहरु सबै अपाङ्गता भएका व्यक्तिहरुको पहुँचमा पु¥याउन आफू सरोकारवालाहरुसँग मिलेर अघि बढ्न इच्छुक रहेको बताए । गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख जमुना पौडेलले अपाङ्गता भएका व्यक्तिहरुले आत्मनिर्भर बन्न परामर्श र प्राविधिक सहयोग समेत आवश्यक भएकाले संस्थाले त्यसतर्फ समेत ध्यान दिनुपर्ने कुरामा जोड दिइन ।

राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्माले अपाङ्गता भएका व्यक्तिहरुका लागि प्रविधि नै अपाङ्गतालाई जित्ने माध्यम भएकाले यसप्रकारका तालिमलाई सरोकारवालाहरुको छलफलका आधारमा सरल र सहज बनाउनुपर्ने बताए । सामाजिक विकास कार्यालय कास्कीका प्रमुख इन्द्र बहादुर थापाले सरकारका कार्यक्रमहरु सरोकारवाला संस्थाहरुकै अग्रसरता र संलग्नतामा प्रभावकारी हुने कुरा औल्याए । कास्की नेत्रहिन संघका अध्यक्ष श्रीकान्त सापकोटाले दृष्टिविहिनका लागि आत्म निर्भर बनाउन कम्प्युटर तालिमलाई ९ महिना सम्म सञ्चालन गर्नुपर्ने, उद्यमशिलता विकास र हेरचाह केन्द्र जस्ता कार्यक्रमहरुलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने माग गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP