Trend
लममजुङको मर्स्याङ्दी गाउपालिका भुलभुलेमा आयोजित छैटौ हामखोला झरना महोत्सवका तस्वीरहरु।  ||   थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा  ||   शिवालय मा. वि. मा हाजिरीजवाफ प्रतियोगिता  ||   श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||  
सोमबार , साउन २५, २०८३
साहित्यकारद्वय समीप र सरूलाई मातृशोक – Sarangi News

पोखरा । साहित्यकारद्वय दीपक समीप र सरस्वती श्रेष्ठ ‘सरू’लाई मातृशोक परेको छ ।

उनीहरूकी आमा नानीमाया श्रेष्ठको शुक्रबार पोखरामा ८० वर्षको उमेरमा निधन भएको हो । निमोनियाको समस्याबाट पीडित श्रेष्ठलाई शुक्रबार बिहान सास फेर्न अप्ठ्यारो भएपछि मणिपाल शिक्षण अस्पताल लगिएकोमा अक्सिजन लगाएर केही समय राखेपछि निधन भएको थियो । अस्पताल जाने क्रममा उनी आफैँ ट्याक्सी चढेकी थिइन् । लमजुङका स्थायी बासिन्दा साहित्यकार श्रेष्ठ दिदीभाइ विगत लामो समयदेखि पोखरामा रहेर साहित्य साधना गर्दै आएका छन् ।

यसअघि पनि पटक पटक यस्तो समस्याबाट पीडित थिइन् । उनको शुक्रबार नै रामघाटस्थित सेती नदी किनाराम अन्त्येष्टि गरिएको छ । स्वर्गीय श्रेष्ठका समीप र सरूसँगै छोरी इन्द्रा श्रेष्ठ रहेकी छिन् । पति रामबहादुर श्रेष्ठको यसअघि नै निधन भइसकेको छ ।

सारङ्गी न्युज परिवार स्वर्गीय श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP