साहित्यकारद्वय समीप र सरूलाई मातृशोक – Sarangi News

पोखरा । साहित्यकारद्वय दीपक समीप र सरस्वती श्रेष्ठ ‘सरू’लाई मातृशोक परेको छ ।

उनीहरूकी आमा नानीमाया श्रेष्ठको शुक्रबार पोखरामा ८० वर्षको उमेरमा निधन भएको हो । निमोनियाको समस्याबाट पीडित श्रेष्ठलाई शुक्रबार बिहान सास फेर्न अप्ठ्यारो भएपछि मणिपाल शिक्षण अस्पताल लगिएकोमा अक्सिजन लगाएर केही समय राखेपछि निधन भएको थियो । अस्पताल जाने क्रममा उनी आफैँ ट्याक्सी चढेकी थिइन् । लमजुङका स्थायी बासिन्दा साहित्यकार श्रेष्ठ दिदीभाइ विगत लामो समयदेखि पोखरामा रहेर साहित्य साधना गर्दै आएका छन् ।

यसअघि पनि पटक पटक यस्तो समस्याबाट पीडित थिइन् । उनको शुक्रबार नै रामघाटस्थित सेती नदी किनाराम अन्त्येष्टि गरिएको छ । स्वर्गीय श्रेष्ठका समीप र सरूसँगै छोरी इन्द्रा श्रेष्ठ रहेकी छिन् । पति रामबहादुर श्रेष्ठको यसअघि नै निधन भइसकेको छ ।

सारङ्गी न्युज परिवार स्वर्गीय श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

गीतकार सम्मान आरजुलाई दिइने

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान


TOP