Trend
भलिबल प्रतियोगिताबाट बचत रकम आर्वाविजयसहित ३ विद्यालयलाई  ||   साउनको अन्तिम सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको घुईचो, दान २ लाख ३२ हजार ३ सय २४ उठ्यो।  ||   पोखरामा पठन संस्कृतिसम्बन्धी विद्यार्थी सम्मेलन  ||   इशानेश्वर महादेव मन्दिरमा साउन महिनाको अन्तिम सोमबारमा भक्तनजहरुको घुईचो(फोटो फिचर)  ||   लायन्स क्लब अफ पोखरा भैरवद्वारा आर्वाविजय मा. वि. लाई आर्थिक सहयोग  ||   साउनको तेस्रो सोमबार ईशानेश्वर महादेवमा भक्तजनको घुईचो, २ लाख ४५ हजार ९ सय ४९ दान संकलन।  ||   साउन महिनाको तेस्रो सोमबार ईशानेश्वर महदेव मन्दिरमा भक्तजनहरु(फोटोफिचर)  ||   विद्योदय आविमा ‘ग्रीन स्कुल, क्लिन स्कुल’ अभियानको व्यवहारिक सुरुवात  ||  
बिहिबार , साउन ३०, २०८२
प्रतिभा बाल क्लब पुनर्गठन,अध्यक्षमा विपासा सिउथानी – Sarangi News

म्याग्दी । श्री गौ बोमबस्त माध्यमिक विद्यालय, मालिका गाउँपालिका–५, मगरदाङ्गमा क्रियाशील प्रतिभा बाल क्लब पुनर्गठन भएको छ ।

विद्यार्थीको चौतर्फी विकास, बाल अधिकार संरक्षण र प्रवद्धन गर्ने उद्देश्यले गठन भएको १३ सदस्यि क्लबको अध्यक्षमा विपासा सिउथानी चयन भएकी छिन् । यस्तै उपाध्यक्षमा सफल बुढा, सचिवमा बिनिसा बुढा, कोषाध्यक्षमा सितल पुन र सह–सचिवमा सीमा फगामी चयन भएका छन् ।

समितीको सदस्यहरुमा भूमिका फगामी,युना बुढाथोकी , सिता बि.क, इच्छा फगामी, रखना फगामी, सबि सिउथानी, विपिसा राना र चेतन सिउथानी रहेका छन् ।

बालबालिकाको सर्वाङ्गिण विकासका लागि विद्यालयले विभिन्न रचनात्मक कार्य गरेको विद्यालयका प्रधानाध्यापक अमृत बुढाथोकीले जानकारी दिए । उनले बालबालिकाका सवालमा बालबालिकाद्वारा गरिने गतिविधि बढी प्रभावकारी हुने भएकाले हरेक क्षेत्रमा बालबालिकाको अर्थपूर्ण सहभागिता आवश्यक भएको बताए ।

बाल क्लबमा आबद्ध भएका बालबालिकाले नेतृत्व विकास, क्षमता विकास तथा बाल अधिकारबारे छलफल, बाल सिर्जना समावेश गरी मासिक भित्ते पत्रिका प्रकाशन, सरसरफाईलगायत कार्यक्रम सञ्चालन निर्णय गरेको क्लबका अध्यक्ष विपसा सिउथानीले बताइन् ।

आज बसेको क्लबको बैठकले क्लबको संरक्षकमा विद्यालयका प्रधानाध्यापक अमृत बुढाथोकी र शिक्षक इन्चार्जमा शिक्षक दीपक आचार्य र सल्लाहकारमा विद्यालयका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख शिक्षक बुद्धि बहादुर राना र शिक्षक चेत बहादुर जिटीलाई चयन गरेको सचिव बिनिसा बुढाले जानकारी दिईन् ।

क्लबले आउँदो शुक्रबार विद्यालय परिसर सरसफाइ, गोडमेल तथा बगैंचा निर्माण गर्ने कार्यक्रम तय गरिएको अध्यक्ष विपासा सिउथानीले जाकारी दिइन् । क्लबले समयानुकूल तालिम तथा सहकार्यकलापहरुको संयोजन गर्ने गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP