Trend
सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||   सामुदायिक विद्यालयका शिक्षकका लागि सूचना प्रविधि तालिम सम्पन्न  ||   नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता सम्पन्न।  ||  
बुधबार , भाद्र २४, २०८३
गौ बोमबस्तमा जुरेस गठन, अध्यक्षमा सुमिना घर्ती – Sarangi News

म्याग्दी । मालिका गाउँपालिका–५, मगरदाङ्ग स्थित श्री गौ बोमबस्त माध्यमिक विद्यालयमा जुनियर रेडक्रस सर्कल गठन भएको छ ।
प्रधानाध्यापक अमृत बुढाथोकी अध्यक्षता बसेको वैठकले स्कूलमा अध्ययनरत बिद्यार्थीहरुबाट १ जना शिक्षक नायक रहने गरि १२ जनाको समिति गठन गरेको छ ।

बैठकले सुमिना घर्तीलाई अध्यक्षमा सर्बसम्मत चुनेको हो । गठित समितिमा वसन्त सिउँथानी उपाध्यक्ष, सन्ध्या बुढा सचिव, निपुन फगामी सह–सचिव, रेजिना फगामी कोषाध्यक्ष र सदस्यहरुमासुरक्षा बुढा, पार्वती सेन्चुरी , भूमिका फगामी , देवित फगामी, रिया सुनार र गौरव फगामी चयन भएको प्रधानाध्यापक बुढाथोकीले जानकारी दिए ।

विद्यालय स्तर देखीनै वालवालिकामा मानविय सेवामा समर्पित गराउन र विद्यार्थीहरुमा सहयोगको भावना बृद्घी गराई अतिरिक्त क्रियाकलापमा लगाउन सके राम्रो बिद्यार्थी उत्पादन हुने भएकोले समिति गठन गरेको प्रधानाध्यापक अमुत बुढाथोकी जानकारी दिए । समिति गठन लगत्तै बैठकले जिल्ला रेडक्रसमा दर्ता लगायत विधान वनाउने काम गर्ने तथा आवस्यक सहयोगका लागि शिक्षक नायकमा विद्यालयका अंग्रेजी शिक्षक किरण थकालीलाई चयन गरेको छ ।

विद्यालयमा अध्यायनरत विद्यार्थीहरुको दँंत किराले खाएको,गींजा दुख्ने र सुन्निे समस्या रहेकोले विभिन्न सरोकारवाला निकायहरुसंगको सहकार्यमा निःशुल्क डेण्टल शिविर सञ्चालन समेत निणर्य गरेको अध्यक्ष सुमिना घर्तीले जानकारी दिइन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 39 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP