गौ बोमबस्तमा जुरेस गठन, अध्यक्षमा सुमिना घर्ती – Sarangi News

म्याग्दी । मालिका गाउँपालिका–५, मगरदाङ्ग स्थित श्री गौ बोमबस्त माध्यमिक विद्यालयमा जुनियर रेडक्रस सर्कल गठन भएको छ ।
प्रधानाध्यापक अमृत बुढाथोकी अध्यक्षता बसेको वैठकले स्कूलमा अध्ययनरत बिद्यार्थीहरुबाट १ जना शिक्षक नायक रहने गरि १२ जनाको समिति गठन गरेको छ ।

बैठकले सुमिना घर्तीलाई अध्यक्षमा सर्बसम्मत चुनेको हो । गठित समितिमा वसन्त सिउँथानी उपाध्यक्ष, सन्ध्या बुढा सचिव, निपुन फगामी सह–सचिव, रेजिना फगामी कोषाध्यक्ष र सदस्यहरुमासुरक्षा बुढा, पार्वती सेन्चुरी , भूमिका फगामी , देवित फगामी, रिया सुनार र गौरव फगामी चयन भएको प्रधानाध्यापक बुढाथोकीले जानकारी दिए ।

विद्यालय स्तर देखीनै वालवालिकामा मानविय सेवामा समर्पित गराउन र विद्यार्थीहरुमा सहयोगको भावना बृद्घी गराई अतिरिक्त क्रियाकलापमा लगाउन सके राम्रो बिद्यार्थी उत्पादन हुने भएकोले समिति गठन गरेको प्रधानाध्यापक अमुत बुढाथोकी जानकारी दिए । समिति गठन लगत्तै बैठकले जिल्ला रेडक्रसमा दर्ता लगायत विधान वनाउने काम गर्ने तथा आवस्यक सहयोगका लागि शिक्षक नायकमा विद्यालयका अंग्रेजी शिक्षक किरण थकालीलाई चयन गरेको छ ।

विद्यालयमा अध्यायनरत विद्यार्थीहरुको दँंत किराले खाएको,गींजा दुख्ने र सुन्निे समस्या रहेकोले विभिन्न सरोकारवाला निकायहरुसंगको सहकार्यमा निःशुल्क डेण्टल शिविर सञ्चालन समेत निणर्य गरेको अध्यक्ष सुमिना घर्तीले जानकारी दिइन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP