गौ बोमबस्तमा रिडिङ क्लब गठन, अध्यक्षमा विन्दु वि.क. – Sarangi News

प्रकाश अधिकारी
म्याग्दी, २७ जेठ । विद्यार्थीहरुमा पढाइ संकृतिको विकास गर्ने उद्देश्यले म्याग्दीको मालिका गाउँपालिका ५ स्थिति श्री गौ बोमबस्त माध्यमिक विद्यालयमा रिडिङ क्लब स्थापना गरिएको छ ।

गत बर्ष पाठ्यपुस्तक बाहेक अत्याधिक लाइव्रेरीका पुस्तकहरु पढ्ने विद्याथीहरु मध्येबाट रिडिङ क्लबको अध्यक्षतामा कक्षा १० की विन्दु विक चयन भएकी भएकी छिन् । क्लब उपाध्यक्षमा इच्छा फगामी, सचिवमा कृषा फगामी, सह–सचिवमा ललित सुनार र कोषाध्यक्षमा तृषना फगामी चयन भएका छन् । रिडिङ क्लबको सदस्यहरुमा प्रदिप सिउँथानी, तेजिना फगामी, प्रशान्त फगामी, वर्षा बुढाथोकी, सिमा पुन र शिखा सिउँथानी चयन भएको विद्यालयका प्रधानाध्यापक अमृत बुढाथोकीले जानकारी दिए ।

रिडिङ क्लबको पहिलो बैठकले संरक्षकमा प्रधानाध्यापक अमृत बुढाथोकी र शिक्षक तथा लाइव्रेरीयन सुनिता पाइजा पुनलाई शिक्षक प्रतिनिधिका रुपमा छनोट गरेको नव निवार्चित अध्यक्ष विकले जानकारी दिइन् ।
पाठ्यपुस्तकबाहेक अन्य महान लेखकका पुस्तकहरू पढ्ने बानी सबैमा हुनुपर्छ भन्ने लागेर क्लबको स्थापना गरिएको विद्यालयकी लाइव्रेरीयन सुनिता पाइजा पुनले जानकारी दिइन् ।

विद्यालयको लाइव्रेरीलाई सिकाई सेन्टरको रुपमा विकास गर्ने रिडिङ क्लबको अवधारणा लेखक, पत्रकार एवंम् शिक्षक प्रकाश अधिकारीको हो । पुनले भनिन् “जीवनमा सफल हुन पढ्ने बानी हुनुपर्छ भन्ने पुनको विश्वास छ । प्रख्यात लेखकहरूका पुस्तकहरू पढ्दा हामी लेखकहरूको विचार जान्दछौं। साथमा ज्ञान पनि बढछ । जीवनमा सफल हुन पनि सकिन्छ।” ।

नव निवार्चित अध्यक्ष विकले साप्ताहिक रुपमा बुक रिभ्यु, फिल्म स्क्यानिङ, छलफल तथा अन्तरक्रिया गरिने बताइन् । “सबैको सहयोगमा रिडिङ क्लबलाई अगाडि बढाउने हाम्रो लक्ष्य हो । साप्ताहिक छलफलमा, हामी सधैं फरक विषय छनोट गछौं र सकेसम्म विज्ञहरूलाई बोलाएर विश्लेषण गराउँछौं।” उनले भनिन् । “सके सम्म छिटो इलाइव्रेरी स्थापना गर्ने हाम्रो एउटा सपना छ । त्यसको लागि सबै दाजुभाइ तथा दिदि बहिनी एव सरोकारवाला निकायलाई सक्दो सहयोग गर्न अपिल गर्दछु ।”

पढ्ने संस्कृतिको विकास गर्न वर्षभरी सबैभन्दा बढी पुस्तक पढ्ने, विद्यार्थी,शिक्षक र समुदायका प्रतिनिधिलाई पहारा ट्रसको सहयोगमा वार्षिक रुपमा पुरस्कार वितरण समेत गर्ने गरिन्छ । पहारा ट्रसको सहयोगमा विद्यालयमा स्थापना गरिएको लाइव्र्रेरीमा करिब ६ हजार किताबहरु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP