Trend
सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||   सामुदायिक विद्यालयका शिक्षकका लागि सूचना प्रविधि तालिम सम्पन्न  ||   नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता सम्पन्न।  ||  
शनिबार , भाद्र २७, २०८३
लायन्सको पोखरा सङ्गम, हेभन र लियोको पोखरा सङ्गमको रक्तदानमा ५२ युनिट रगत सङ्कलन – Sarangi News

पोखरा । लायन्स क्लब अफ पोखरा सङ्गम, लायन्स क्लब अफ पोखरा हेभन र लियो क्लब अफ पोखरा सङ्गमद्वारा संयुक्त रूपमा आयोजित रक्तदानमा ५२ युनिट रगत सङ्कलन भएको छ ।

पोखराको भीमसेनचोक (महेन्द्रपुल) मा सोमबार भएको कार्यक्रममा रक्त सञ्चार केन्द्र, पोखराले प्राविधिक सहयोग गरेको थियो ।

लायन्स क्लब अफ पोखरा सङ्गमका अध्यक्ष लायन भोलानाथ ओझाको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बि १ नेपालका रक्तदान डिपार्टमेन्ट चिफ महेश पौडेलले पहिलो पटक रक्तदान गरेकी १८ वर्षीया लियो रजनी श्रेष्ठलाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ गरेका थिए ।

प्रमुख अतिथि पौडेलले लायन्स क्लब अफ पोखरा सङ्गमले यस कार्यकालमा पनि रक्तदानलगायत थुप्रै सामाजिक सेवाका उत्कृष्ट कार्यहरू सफलतापूर्वक सम्पन्न गरिसकेको र डिष्ट्रिकबाट सम्मानितसमेत भइसकेको स्मरण गर्दै क्लबका अध्यक्ष लायन भोलानाथ ओझालाई बधाई ज्ञापन गरेका थिए । सङ्गमद्वारा नै स्पोन्सर गरिएको क्लब पोखरा हेभनले समेत छोटो समयमा उत्कृष्ट कार्यहरू गरेको र लियो क्लब अफ पोखरा सङ्गम पनि लियो डिष्ट्रिक काउन्सिलको नेतृत्वमा पुग्न सफल भएकोमा बधाई दिँदै उनले सम्पूर्ण रक्तदातालाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा रक्त सञ्चार केन्द्रका प्राविधिक महेन्द्र के. सी., जोन चियर पर्सन लायन किरण श्रेष्ठ, लायन्स क्लब अफ पोखरा सङ्गमका अध्यक्ष लायन भोलानाथ ओझा, लियो डिष्ट्रिक काउन्सिल अध्यक्ष इलेक्ट लियो दिप्‍ती न्यौपाने, लियो क्लब अफ पोखरा सङ्गमका अध्यक्ष लियो अस्मिता शर्मालगायतले समाजमा लायन्स क्लबहरूको भूमिका र रक्तदानको महत्त्वका विषयमा धारणा राख्दै रक्तदान जस्तो महान् कार्यमा सरिक हुने सबैलाई धन्यवाद दिएका थिए ।

लायन्स क्लब अफ पोखरा हेभनका संस्थापक अध्यक्ष जीवनराज सापकोटाको स्वागतमा भएको कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक तथा लायन्स क्लब अफ पोखरा सङ्गमकी सचिव लायन कोपिला श्रेष्ठले गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 52 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP